१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानल बिजयी


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

20191213_010906
विर्तामोड २७, मंसिर / जलकुमार गुरुङको नेतृत्वमा चुनावी मैदानमा होमिएको लोकतान्त्रिक प्यानल विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको चुनावमा शानदार विजयी भएको छ ।

अध्यक्ष पदमा गुरुङ (१७०४मत) प्रतिष्पर्धी प्रगतिशील प्यानलका उम्मेद्वार ज्ञानुराम प्रसाई (९२० मत)को भन्दा लगभग दोब्बर मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उपाध्यक्ष पदमा पर्शुराम सिटौला (१६३७) र सचिव पदमा मेघराज बाँस्तोला (८३८) लगायत लोकतान्त्रिक प्यानलको पुरै प्यानल बिजयी भएको छ । कोषाध्यक्ष पदमा शारदा रिजाल (१५१०) बिजयी हुनुभएको छ ।

पदाधिकारीको चुनावमा प्रगतिशील प्यानलको तुलनामा लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरुले प्रायः दोब्बर मत ल्याएर जितेका छन् ।

तीन वर्षे कार्यकालका लागि मंसिर २५ गते मतदान र २६ गते विहानदेखि मतगणना भएको थियो । १३ घण्टा गणना कार्यपछि परिणाम आएको थियो । १२८ मत बदर भएको थियो ।
निर्वाचनमा ३७१३ मतदाता भएकोमा २८१३ मत खसेको थियो ।

पदाधिकारीको मतपरिणाम यसप्रकार छ ः
जलकुमार गुरुङ ः १७०४ (अध्यक्ष बिजयी)
ज्ञानुराम प्रसाई ः ९२०

पर्शुराम सिटौला ः १६३७ (उपाध्यक्ष विजयी)
बुद्धिप्रसाद घिमिरे ः ९१८

मेघराज बाँस्तोला ः १७३८ (सचिव विजयी)
जनबहादुर जबेगु ः ८३८

शारदा रिजाल ः १५१० (कोषाध्यक्ष विजयी)
कमल पौडेल ः १०४७

देबेन्द्र सिटौला ः १६६७ (सदस्य बिजयी)
पारसमणि मैनाली ः १५९४ (सदस्य बिजयी)
मायादेवी प्रधान ः १६२० (सदस्य बिजयी)
सीतादेवी काफ्ले ः १५७९ (सदस्य बिजयी)
बालादेवी खरेल ः १५८७ (सदस्य बिजयी)

शंकर ढुंगेल ः ८९०
श्रीप्रसाद सिटौला ः ८९३
सीता सापकोटा ः ९५०
विनिता राजबंशी ः ९२२
हिमादेवी प्रसाई ः ९५२

बदर मत ः १२८

20191213_010927

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ७ : २४ बजे