११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमाथि नै अख्तियारमा उजुरी


३ मंसिर २०७६, मंगलबार  

0
Shares

20191119_103040

गाैरीगंज ३, मंसिर / गाैरीगंज गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग रहने सेवा इकाइका लागि सुचिकृत फिल्ड सहायक कर्मचारीकाे लागि लिइएकाे अन्तर्वार्ता ऐन र नियम विपरित मनाेमानी ढंगबाट भएकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग काठमाडौंमा उजुरी परेकाे छ ।

सीप परिक्षण तथा अन्तर्वार्ता लिदा ऐन नियम मिचि मनाेमानी ढंगबाट लिएकाे भन्दै सुचिकृत फिल्ड सहायक पदका उम्मेद्वार जितेेेश यादवले साेमबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापा माथि अख्तियारमा उजुरी दिएका हुन् ।

उनले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग काठमाडौंमा उजुरी दिनुका साथै राष्ट्रिय अनुसन्धान आयाेग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय झापामा बाेधार्थ दिएकाे छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकाे सेवा इकाइकाे लागि जनशक्ति छनाैट सम्बन्धि मापदण्ड २०७६ काे अन्तर्वाता समिति (१) दफा (८) बमाेजिम प्रमुख प्रशासकीय अधिकृत संयाेजक, जिल्ला प्रशासन कार्यालयले ताेकेकाे अधिकृत प्रतिनिधि सदस्य र सम्बन्धित स्थानिय तहकाे सूचना प्रविधि अधिकृत वा संयाेजकले ताेकेकाे प्रविधि सम्बन्धि दक्षता भएकाे व्यक्ति सदस्य रहने व्यवस्था छ । तर त्यसकाे विपरित गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापाले समेत अन्तर्वार्ता लिएकाे समयमा काेठामा पसेकाे र उपाध्यक्ष थापाले प्रश्न समेत साेधेकाे उजुरीपत्रमा यादवले आराेप लगाएका छन् ।
20191119_105129

गाउँपालिकाले मिति २०७६ कार्तिक १७ गते अन्तर्रवार्ताका लागि सूचना जारी गरेपनि २०७६ कार्तिक २६ गते अर्काे सूचना प्रकाशित गरि परिक्षाकाे समय परिवर्तन गरिएकाे यादवले बताए ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले आफुहरूले सुुुुुुुचिकृत फिल्ड सहायककाे अन्तर्वार्ता निष्पक्षरूपमा लिन लगाएकाे बताए । अन्तर्वार्ताका समयमा आफू अनुगमकाे रूपमा गएकाे तर परिक्षालाई प्रभावित हुने खालकाे कुनै केही कार्य नगरेकाे अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले लिईएकाे अन्तर्वार्ता
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकाे सेवा इकाइकाे मापदण्ड अनुरूपनै लिएकाे बताए । अन्तर्वार्ता निष्पक्ष र विवादरहित नियमसंगत लिएकाे हुदा उजुरी गर्नुकाे कुनै अर्थ नरहेकाे उपाध्यक्ष थापाले बताए ।

उजुरीकर्ता यादवले उजुरीपत्रमा अन्तर्वार्ता सूचना कापी र थप अनुसन्धानका लागि परीक्षा भएकाे मितिकाे गाउँपालिकामा जडित सिसि टिभि फुटेजमा हेर्न सकिने प्रमाणकाे रूपमा पेश गरेका छन् ।
गाउँपालिकाले सुचिकृत फिल्ड सहायक नामावली जितेश कुमार यादव, प्रकाश अधिकारी र रितु पाैडेल मध्ये रितु पाैडेललाई नियुक्ति गरेकाे छ । साेही दिन गाउँपालिकाले सुचिकृत एम.आइ.एस. अपरेटरकाे पनि परीक्षा लिईएकाे थियाे ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ४७ बजे