१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेविसंघ झापाको विरोध


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

gg
विर्तामोड २६, कात्तिक / नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले विरोध ¥याली र कोणसभा सम्पन्न गरेको छ ।

लगभग १२ सय विद्यार्थीहरुको सहभागिता रहेको ¥याली झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म पुगेको थियो । विद्यार्थीहरुले नेपाल(भारत सिमाको मेचीनदीको पूलमा कोणसभा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालको भएको र हस्तक्षेप नबढाउन आग्रह गरेका थिए ।

भारतीय विस्तारवाद मुर्दाबाद, लिपुलेक(कालापानी हाम्रो हो, हाम्रो भूमिमाथिको अतिक्रमण बन्द गर, टिष्टा कांगडा हाम्रो हो, मेची(महाकाली एक हौं, ने.वि.संघ जिन्दाबाद, के.पी. सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

भारतीय विस्तारबादका विरुद्ध प्रभावकारी कदम चालेर नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारलाई आग्रह गरेका विद्यार्थी नेताहरुले भारतलाई विस्तारवाद छाडेर असल छिमेकीको भूमिकामा रहन सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग भएको प्रमाण हुँदाहुँदै भारतले आफ्नो नक्सामा राखेकोप्रति आपत्ति जनाउँदै तत्काल भूमि फिर्ता गर्न भारत सरकारसँग माग गर्नुभयो ।

नेपाल सरकारले आफ्नो भूमि फिर्ता गराउन प्रभावकारी कुटनीतिक पहल नथालेकोमा रोष प्रकट गर्दै उप्रेतीले प्रधानमन्त्री स्तरकै वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

नेपाली भुभाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गर्दै नेविसंघ सभापति उप्रेतीले भन्नुभयो–‘हाम्रा पुर्खा नालापानी लडे र अब हामी कालापानीमा लड्छौं ।’

कार्यक्रममा ने.वि.संघ झापाका प्रवक्ता सञ्जय निरौला, सचिव नारायण नेपाल, कोषाध्यक्ष नवराज ढकाल, मिलन चापागाई, सुरज सुवेदी लगायतले नेपाली भूमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : ४२ बजे