५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘गाे ब्याक इन्डिया’ नारा लगाउदै गाैरादहमा विराेध प्रदर्शन


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

20191109_191828

गौरादह २३ , कार्तिक / ‘गाे ब्याक इन्डिया’ काे नारा लगाउदै गाैरादह नागरिक समाजले आज गाैरादहमा विराेध प्रदर्शन गरेका छन् ।

नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र एकतर्फीरूपमा भारतले जारी गरेकाे राजनीतिक नक्सामा समावेश गरेकाे भन्दै गाैरादह नागरिक समाजले बजार परिक्रमा गरि नाराबाजि लगाउदै विराेध प्रदर्शन गरेका हुन् ।

गौरादहको डिपुचोकबाट राष्ट्रिय गीत बजाएर सुरु गरेको र्यालीले बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । वजार परिक्रमा गर्ने क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो, भारतीय बिस्तारबाद मुर्दाबाद, सिमा अतिक्रमण गर्न पाइदैन, बिर सहिद अमर रहुन, राष्ट्र र राष्ट्रियता जिन्दाबाद लगाएतका नारा लगाइएको थियो ।

कोण सभामा संविधान सभा सदस्य दीपक कार्कीले इतिहास देखिनै नेपालले कहिल्यै पनि कसैको दासत्व स्विकार नगरेको र अब पनि कसैको हस्तक्षेप नेपाली नागरिकले सहन नसक्ने धारणा राख्दै सबै राष्ट्रभक्त नेपालीलाई एकजुट हुन आह्वान गरेका थिए ।

नेपाली काँग्रेसका यादवराज सेडाईंले भारतले पटकपटक सिमा अतिक्रमण गरेर नेपालको अस्मितामाथि धावा बोलेकोले नेपाल सरकारले कुटनितिक पहल गर्नुपर्ने र नागरिकले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए । गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले नेपालको इतिहासको बारेमा जानकारी गराएका थिए ।

कोण सभामा साहित्यकार खगेन्द्र न्यौपानेले साहित्य मार्फत राष्ट्रियताको पक्षमा खबरदारी गरेका थिए । दुर्गा गौतमले कार्यक्रम संचालन गरेका थिए । विराेध प्रदर्शनमा स्थानियहरूले स्वस्फूर्तरूपमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : ३१ बजे