१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देउसी भैलाेमा परम्परागत शैली हराउँदै


१४ कार्तिक २०७६, बिहिबार  

0
Shares

20191031_100621

झगेन्द्र खड्का

गौरादह/ हिन्दु धर्मावलम्बीले रमाईलाे मानेर मनाईने पर्व तिहारमा खेलिने देउसी,भैलाेमा परम्परागत शैली हराउदै जाँदा देउसी,भैलाेमा बिकृती देखिएकाे छ। तिहार पर्वका अबसरमा खेलिने देउसी, भैलाे पछिल्ला दिनमा आएर टेप रेकर्ड गरेर आगनमा बजाउने र मानिसहरु तालि बजाएर उभिदा देउसीकाे परम्परा कालदेखि चलिआएकाे संस्कार लाेप हुने अबस्थामा पुगेकाे बुढापाका बताउछन।बलिराजाकाे नाम लिई खेलिने देउसी आँगनमा एक जनाले भट्टयाई अन्यले देउसीरे भन्दै आँगन घुमेर खेलि सिदा दिएपछि आशिष् दिई बिदा हुने गरिन्थियाे।आधुनिकताकाे नाममा देउसी खेल्नेहरुले टेप रेकर्ड बजाएर तालि पड्काउने, पप् र रयापमा नाच्ने गर्नाले नेपाली लाेक भाका समेत हराउने देउसीकाे मिठास हराउने सङकेत देखिएकाे छ।देउसी भैलाे खेल्न केटाकेटी देखि बुढापाका सम्म र दुई, तीन जना देखि धेरै ठुलाे जम्मभु टाेली सम्म आउने गरेका छन।केटाकेटीहरुले देउसी खेल्दा झिलिमिलि झिलिमिलि देउसीरे देखि दुई चार वटा भट्याएर सिदा लिई हिड्ने, आशिष् दिन नजान्ने, र अन्य ठुला देउसे टाेलिले भट्टयाएर देउसी भन्नका गाराले टेप रेकर्ड बजाएर तालि मात्र पड्काउनाले देउसीकाे मिठास नहुने गौरादह -७ निवासी समर कुमार रपाल बताउछन।पौराणिक काल देखि औसीकाे रात लक्ष्मी पुजा गरिसकेपछि महिलाहरुले भैलाे खेल्ने र भाेली पल्ट गाेवर्दन पुजा गरिसके पछि पुरुषहरुले देउसी खेल्ने परम्परागत चलन चलेकाे थियाे।पछिल्ला दिनमा आएर परम्पराकालदेखि चलिआएकाे देउसी भैलाे संस्कार र परम्परा बचाउने नभई कमाउ धन्दामा परिणत भएकाे छ।देउसी भैलाे कमाउ धन्दामा परिणत हुँदा महिलाहरुले खेलिने भैलाेमा पुरुषहरुकाे र पुरुषहरुले खेलिने देउसीमा महिलाहरुकाे सहभागीताले संस्कार र परम्परा हट्दै जानुका साथै देउसी भैलाे नै कमाउधन्दामा परिणत भएकाे देखिन्छ। केटाकेटीहरु देउसी भैलाे खेल्न आँगनमा आउने साथ दुई चार शब्द भट्याएर साईकलकाे घन्टी ढीलाे भयाे आन्टी, घाेडा बाध्ने तबेला हामीलाई भयाे अबेला भनेर उबिने र चामल पैसा लिएर हिड्ने गर्दछन।यसप्रकारले देउसी भैलाे खेल्दा हिन्दुहरुकाे परम्परा र संस्कृति बचाउने नभई देउसी भैलाे कमाउ धन्दामा परिणत भएकाे देखिन्छ।दशैं सकिए लगतै केटाकेटीहरुमा तिहारकाे रौनक सरुहुन्छ।कहिले तिहार आउँछ र देउसी भैलाे खेलेर पैसा कमाउन पाईन्छ भन्ने उत्सुकता भएकाे पाईन्छ।केही वर्ष अगाडि देखि संघ संस्था, मठ मन्दिर र क्लबहरुले पनि देउसीलाई आर्थिक संकलन गर्ने माध्यम बनाएका छन। देउसी भैलाेलाई रमाईलाे, मनाेरन्जन र कमाउधन्दामा मात्र सिमित नराखी संस्कृति र परम्परा बचाउन पनि उतिकै आबस्यक देखिन्छ।देउसी भैलाे खेल्न केटाकेटीहरुलाई पठाउदा अभिभाबकले त्यसकाे महत्व सिकाउन र सुजबुज भएकाहरुले खेल्दा संस्कृतिलाई बचाइ राख्ने उदेस्यले खेल्नु पर्ने देखिन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ४ : २१ बजे