३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बडादशैंको सातौं दिन आज फूलपाती


१८ आश्विन २०७६, शनिबार  

0
Shares

20191005_153331
गाैरीगंज १८, असाेज / बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्राउने गरिन्छ ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा थियो ।

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । घटस्थापनाका दिनदेखि नै दशैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ९ : ४८ बजे