१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खजुरगाछी माविमा आज राति चाेरी, बर्सेनि ३० हजार रूपैयाँकाे ताल्चामा खर्च


११ आश्विन २०७६, शनिबार  

0
Shares

20190928_100159

गाैरीगंज ११, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा रहेेकाे खजुरगाछी माविमा आज राती चाेरी भएकाे छ ।
विध्यालयकाेे कार्यालयमा लगाएकाे २ वटा ताल्चा फाेडेर १ थान ल्यापटप र क्यान्टिनमा रहेकाे सामानहरू चाेरी भएकाे हाे ।
विध्यालयमा कम्पाउण्ड घेराबेरा लगाएकाे भए पनि चाेरले १ थान ल्यापटप, व्याट्री, डाटा केबल, माउस र क्यान्टिनमा रहेकाे अन्दाजी १२ हजार रूपैयाँकाे विस्कुट, भुजिया, च्याउच्याउ, दुधलगायतका खानेकुराहरू र झाेलामा राखिएका सहकारीका कागजातहरू च्यात्चुत गरि अन्य सामानहरू चाेरी भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । विध्यालयकाे मुलगेटमा रहेकाे सानाे गेट भने राती पनि खुल्ला रहने गरेकाे बताईएकाे छ । चाेरीमा संलग्न भएकाे आशंकामा ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ । खजुरगाछी माविमा यस अघि पनि चाेरी भएकाे थियाे । खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम साहले कार्यालयकाे ताल्चा मात्रै नभई विध्यालयका कक्षाकाेठाका पनि ताल्चा फाेर्ने गरेकाे र वर्षेनी ३० हजार रूपैयाँ बराबरकाे ताल्चा किन्नुु परेकाे बताए । विध्यालयकाे सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई यस अघि पनि ध्यानाकर्षण गराई सकिएकाे प्रअ साहले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : ४८ बजे