१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका दश ठाउँमा एकैसाथ कांग्रेसको विरोध सभा


६ आश्विन २०७६, सोमबार  

0
Shares

nc-pic-1-768x424
दमक/नेपाली कांग्रेसले जारी राखेको दोश्रो चरणको हिमाल पहाड तराई मधेस दोश्रो जनजागरण अभियान अन्तर्गत झापाका १० वटै प्रदेश क्षेत्रमा भोली ( मंगलबार) एकैसाथ शक्ति प्रदर्शन गर्दैछ ।

झापाको क्षेत्र नं ५ अन्तर्गतको क्षेत्र कको गौरादह र खको दमकमा विरोध सभा गर्ने तयारी भएको कांग्रेसका प्रदेश सभा क्षेत्र खका संयोजक पदम लिम्बुले जानकारी दिए ।

जिल्लाका ५ निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र दश वटा रहेका छन् । सबै क्षेत्रमा कांग्रेसका क्रियाशील कार्यकर्ताहरु, क्षेत्र अन्तर्गतका गाउँ÷नगर र वडामा क्रियाशील नेता कार्यकर्ताहरु, शुभेच्छुकहरु विरोध सभामा सहभागी हुनेछन् ।

विरोध सभालाई पार्टीद्धारा तोकिएका अभियानका केन्द्रिय प्रतिनिधीहरु, सांसद, पूर्वा सांसद लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ४३ बजे