१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आठमौजा छोटी भन्सार कार्यालय सहयोगी कै भरमा


५ आश्विन २०७६, आइतबार  

0
Shares

gauriganj-vansar2

गौरिगंज ५, असोज/ गौरिगंज स्थित आठमौजा छोटी भन्सार कार्यलय सहयोगी कर्मचारी कै भरमा चलेको छ। गौरिगंज गाउपालिकामा रहेको छोटि भंसार कार्यलयमा दर्बन्दि अनुशारका कर्मचारि नबस्ता सोचेअनुसारको राजस्व संकलन हुन नसकेको स्थानिय बासि बताउछन ।भंसार कार्यलयमा नासु सहित ३ जना कर्मचारिको दर्बन्दी छ ।कार्यलयमा कार्यलय प्रमुख नासु नियमित बस्दैनन ।कार्यलय सहयोगि कर्मचारी २ जना रहे पनि पालै पालो एक जना वस्ने गर्दछन । भंसार कार्यलयका कर्मचारी एक जना बसेर अन्य कर्मचारी बिरामी भएको वा अति आबस्यक काममा बहिर गएको बाहाना बनाई पशु क्वारेनटनका सहयोगी कर्मचारीलाई पनि भंसार काट्न लगाएको पाईएको छ । कार्यलय प्रमुख नबसि सहयोगिको भरमा काम गर्दा ब्यापारीहरूले थोरै मात्रामा भंसार काटि ठुलो परिमाणमा समान भित्र्याउने गरेका छन।यसबाट राजस्व चुहावट हुदा राज्यलाई ठुलो नोक्सानि हुने गरेको छ ।सिमा क्षेत्रमा सशस्त्र प्रहरी र राजस्व संकलनका लागि नेपाल प्रहरीले सहयोग गरेपनि भंसार कर्मचारीको अनियमितताका करण राजस्व कम उठ्ने गरेको छ। व्यापार गर्न व्यापारीहरूले भारतबाट चिनि,प्याज, लसुन, ,तेल,नुन,लत्ता कपडा,मसला ,माछा मल,मेसिनरी पर्टपुर्जा,ब्याट्री ,बिजुलीको समान , लगायतका
सामानहरू आयत गर्ने गरेका छन ।नेपाल सरकारले निकै ठुलो लगानि गरेर कार्यलय भबन बनाएको छ ।कार्यलयमा कर्मचारिका लागि आबस्यक पर्ने टेबल, कुर्सी, दराजका साथै अन्य सामग्रीहरूको ब्यबस्था गरेको छ। सबै कुराको ब्यबस्था भएता पनि ठुला भंसार कार्यलयकको तुलनामा राजस्व संकलन हुने नभए पछि छोटि भंसार कार्यलयहरूमा कर्मचारि बस्न चाहदैनन ।झापा जिल्लामा रहेका छोटि भंसार कार्यलयहरू मध्ये गौरिगंज सबै भन्दा बढी राजस्व संकलन हुने क्षेत्र हो ।भारत सँग सिमना जोडिएको गौरिगंज गाउँ पालिकामा २वटा नाका रहेका छन ।नेपाल भारत सामान वसार पसार गर्ने बैरिया र फत्तेपुर नाका रहेका छन ।दुबै नाका प्रयोग गरि ब्यापारीहरूले ब्यबसाय गर्न समान वसार पसार गर्ने गर्दछन ।कार्यलयमा दर्बन्दि अनुसारका कर्मचारि बसेर दुबै नाकामा कर्मचारिले निगारानि बढाई भंसार काट्ने हो भने बिगतको भन्दा बढि राजस्व संकलन हुने स्थानीयबासि बताउछन ।गौरिगंजमा रहेको भंसारलाई स्तरोनति गरेर पटके पुर्जी काटीनु कासथै सबै प्रकार को भंसार पुर्जी काटिने हो भने मासिक लाख भन्दा बढी राजस्व संकलन गर्न सकिने गौरिगंज उधयोग बाणीज्य संघका अध्यक्ष मखना महत्तो बताउछन ।मेची भंसार कार्यलय काकडभिट्टाको माताहातमा रहेको छोटि भंसार कार्यलयमा महिनै पिछे कर्मचारि हेरफेर हुनेगरेकाछन ।मेचि भंसार कार्यलयले कर्मचारि पठाए पनि कार्यलय प्रमुख नआई सहयोगी कर्मचारि आलोपालोमा एक जना मात्र कार्यलयमा बस्ने गरेका छन ।मुख्य भंसार कार्यलयका कर्मचारिलाई छोटि भंसार कार्यलयमा आउदा आराम गर्ने समय भएको स्पस्ट देखिन्छ ।कर्मचारि नियमित कार्यलयमा समय सम्म नबस्दा राजस्व चुहावट भई सोचे अनुसार राजस्व नउठ्ने देखिन्छ ।आठ मौजा छोटि भंसार कार्यलय गौरीगंजमा आर्थिक बर्ष २०७४र०७५ मा २ लाख २६ हजार ३ सय ८० राजस्व संकलन भएकोमा आर्थिक बर्ष २०७५र०७६ मा ६ लाख १४ हजार ५ सय १० रूपैया राजस्व संकलन भएको थियो ।यश आर्थिक बर्षको साउनमा २३ हजार ७८ र भदौमा ४० हजार ४ सय ८९ रूपैया राजस्व संकलन भएको भंसार कार्यलयले जनाएको छ।भंसारमा दर्बन्दी अनुसार कर्मचारी दुबै नाकामा बसेर भंसार काटेमा सोचे भन्दा बढी राजस्व संकलन हुने देखिन्छ

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ४६ बजे