३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज स्थानिय सरकारले जारी गरेकाे शिक्षा ऐन सम्वन्धि उत्पन्न विवादलाई समाधान गर्न सहमत


४ आश्विन २०७६, शनिबार  

0
Shares

20190921_095627

गाैरीगंज ४, असाेज / गाैरीगंज गाउँपालिकाले जारी गरेकाे स्थानिय शिक्षा ऐन सम्बन्धि उत्पन्न विवदलाई समाधान गर्न दाेस्राे चरणकाे छलफल भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापा र शिक्षासंग आवद्व पेशागत संगठनहरूकाे प्रतिनिधिबीच छलफल भएकाे हाे ।
संवाद समुह झापाकाे सहजीकरणमा पेशागत शिक्षक संगठनहरूबीच अन्तरक्रिया गरि स्थानिय शिक्षा ऐनका विवादित बुदाहरूकाे यकिन गरि तयार गर्ने र साे पश्चात् गाउँपालिकाका अध्यक्षसहित शिक्षासमितिका संयाेजक र जनप्रतिनिधिबीच अन्तरक्रिया गरि तत्काल सम्वादकाे माध्यमबाट निराकरण तर्फ अघि बढ्ने सहमति भएकाे हाे ।

यसअघि गाैरीगंज गाउँपालिकाकाेे स्थानिय सरकारले स्थानिय शिक्षा ऐन बनाउदा सराेकारवालाहरूसंग समन्वय नगरी जारी गरेकाे भन्दै शिक्षासंग आबद्व संगठनहरूले पटक पटक
ज्ञापनपत्र बुझाएका थिए । स्थानिय सरकार गाैरीगंजले २०७५ साल फागुन महिनामा जारी गरेकाे जारी स्थानिय शिक्षा ऐनमा शिक्षक नियुक्ति, सरूवा, प्रधानाध्यापक नियुक्तिका विषयमा संघिय शिक्षा ऐनलाई मिचेर स्थानिय सरकारले अधिकार खाेसेकाेमा उनीहरूले आपत्ति प्रकट गरेका गर्दै आएका छन् । उनीहरूले शिक्षकहरूले संघिय शिक्षा ऐन र प्रादेशिक ऐन बनेपछि मात्र स्थानिय ऐन बनाउनु पर्ने बताउदै आएका छन् । कार्यक्रममा नेपाल शिक्षक परिषदका उपाध्यक्ष कुमार भण्डारी, नेपाल शिक्षक संघ गाैरीगंज अध्यक्ष गाेपाल प्रसाद ताजपुरिया, नेपाल शिक्षक महासंघ गाैरीगंजका सचिव तथा युएनटुका अध्यक्ष प्रकाश चन्द्र राजवंशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बरूण राजवंशी, संघिय मधेशी शिक्षक मञ्चका अध्यक्ष सुरेन राजवंशी, नेपाल शिक्षक संघ गाैरीगंजका सचिव बुलेन्द्र राजवंशीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १ : ४८ बजे