३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगंजमा पहिलो पटक बजार अनुगमन


३० भाद्र २०७६, सोमबार  

0
Shares

pasal anugaman

गौरीगंज ३० , भदौ / चाडपर्व नजिकिएसंगै स्थानीय सरकार गौरीगंजले आइतबारदेखि बजार अनुगमन् शुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको बजार अनुगमन स्थानीय सरकार गौरीगंजले पहिलो पटक गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा संयोजक रहेको पालिका स्तरिय अनुगमन समितिले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु बिक्रि वितरण गर्ने, व्यवसाय दर्ता तथा नवीकरण नगर्ने, मुल्यसूची नराख्ने, प्रतिबन्धित वस्तु विक्री गर्ने पसलका व्यापारीहरुलाई १५ दिन भित्र नसच्चिए बजार अनुगमन निर्देशिका २०७४ बमोजिम दण्ड जरिवाना गर्ने चेतावनी दिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिदै उनीहरु नठगिउन भन्ने उद्येश्यले बजार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक थापाले बताए । व्यवसायिक प्रमाण पत्र नलिएका, नवीकरण नगरेका, मुल्यसूची नराखेकालाई पहिलो पटक सम्झाई बुझाई १५ दिन भित्र सच्चिन आग्रह गरिएको संयोजक थापाले बताए । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु विक्री वितरण गर्ने, ‘डेट एक्सपाएर’ भएका चिज वस्तु वेचविखन गर्ने गरेको र व्यवसायिक प्रमाण पत्र नलिएको पाएमा दोस्रो पटकको अनुगमनमा सोझै कार्वाही गर्ने बताए । जनचेतना फैलाउने उद्येश्यले पहिलो पटक अनुगमन गरेको बताउदै अध्यक्ष श्रेष्ठले सबै व्यापारीहरुलाई सचेत रहन आग्रह गरेका थिए । उपभोक्तको स्वास्थ्यसंग प्रत्यक्षरुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको वेचविखन कार्यमा लावारवाही गर्ने जो सुकै व्यापारीलाई २०७४ को बजार अनुगमन निर्देशिका बमोजिम दण्ड र सजाय हुने बताए । झापा उद्योग वाणिज्यसंघका गौरीगंजका अध्यक्ष मखना महतोले सबै व्यापारीलाई मुल्य सूची राख्न, अखाद्य वस्तु नबेच्न र सही नापतौल गरी उभोक्तालाई मालसमान दिन यस अघि नै सुचना गरी सकेको बताए । बाणिज्य संघ गौरीगंजले उपभोक्ताको स्वास्थ्यसंग जहिल्यै सचेत रहेको बताउदै अध्यक्ष महतोले व्यवसायिक प्रमाण पत्र लिन सबै व्यापारीलाई आग्रह गरेका थिए । इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहालले अखाद्य वस्तु वेचविखन गर्न, प्रतिवन्धित सामानहरु बेचविखन गर्न नेपालको कानुनले बन्देज गरेको हुदा“ त्यस प्रकारको गतिविधि गर्ने व्यापारीहरुलाई कानुन बमोजिम कार्वाही गरिने बताए । जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्दै आएकोमा मुलुक संघिय संरचना परिवर्तनसंगै बजार अनुगमनको जिम्मा स्थानिय सरकाले पाएको भन्दै प्रमुख दाहालले यस कार्यमा स्थानिय प्रशासनले खुलेर सहयोग गर्ने बताए । गौरीगंज गाउँपालिकाले बजार अनुगमन गर्ने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा राखे पनि पालिकाले करिब २ वर्ष पछि बजार अनुगमन गरेको छ । अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक दिपिन्द्र थापा, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहाल, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष तथा वार्ड नं. ३ का अध्यक्ष मखना महतो, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई, इलाका प्रशासन कार्यालय गौरीगंजका लेखापाल यमनाथ सञ्जेल, झापा उधोग वाणिज्य संघ गौरीगंजका सचिव श्रवण गिरी, गौरीगंज गाउँपालिका विरेन्द्र खड्कालगायत थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ४३ बजे