३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जेष्ठ नागरिक संघ गाैरीगंजद्वारा २ पत्रकारसहित ८ जनालाई सम्मान गर्दै प्रथम बार्षिक साधारणसभा सम्पन्न


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

20190905_160622
गौरीगंज १९, भदाै / जेष्ठ नागरिक संघ वडा समिति वडा नं. ६ गौरीगंजले २ पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । संघले राधा कृष्ण मन्दिरको सभा हलमा प्रथम वार्षिक साधारण सभाको अवसरमा पूर्व सन्देश दैनिकका गौरादह संवाददाता झगेन्द्र खड्का र कोचिला न्युजका सम्पादक आत्माराम राजवंशीलाई दोसल्ला ओढाइ समान पत्र सहित समान गरेको छ । संघले सोहि अवसरमा ६ जना ज्येष्ठ नागरिक र ११ जना भजन किर्तनमा सभागी हुनेहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक तर्फ मेदनी प्रसाद पन्त, विन्दा शिवा, र्वैदनाथ झा, श्याम लोहनी, रुकमणी राजवंशी र राजेन्द्र प्रसाद यादव रहेका छन् । त्यसै गरी भजन किर्तनतर्फ बिमला रसाईली (सापकोटा) पुष्कर सिजापति, भावना देवी बोहरा, रामकृष्ण यादव, मैया देवी थपलीया, उमा राउत, राधा देवी घिमिरे, भानुभक्त सुवेदी, विसम लाल यादव, मैया कुमारी श्रेष्ठ र डम्वर कुमारी दर्जी रहेका छन । प्रथम वार्षिक साधारण सभामा सघंका वडा नं. ६ वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रामकृष्ण यादवले वार्षिक प्रतिवेदन पेस गर्दै सघंले गत वर्ष ज्येष्ठ नागरिकहरुलाई धार्मिक तिर्थस्थलका भ्रमण, सम्मान र तालिम गोष्टी लगायतका बारेमा संघले गरेको कामको विवरण पेस गरेका थिए । यादवले २ लाख ८७ हजार ५ सय ७८ आम्दानी र खर्च तर्फ २ लाख ६५ हजार र बैंक मौज्दात २२ हजार ५ सय ८७ रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गौरीगंज गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो । त्यस अवसरमा वडा सदस्य राधा देवी अधिकारी, रम कुमारी विक, मुकेश साह सम्मानित हुनेका तर्फबाट मेदनी प्रसाद पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव राधा देवि घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिइन ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  १० : २३ बजे