१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा अपाङ्गता परिचयपत्र वितरण


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares

20190816_161542

गौरीगंज ३१, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ भित्र रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई (अपाङ्गता भएका व्यक्तिहरु) पुरानो कार्ड संशोधन गरी नयाँ कार्ड वितरण गरिएको छ ।
गौरीगंज गाउँपालिका भित्र फरक क्षमता भएका ४ सय ७२ जना मध्ये वार्ड नं. ५ मा ५३ जना र वार्ड नं. ६ मा ७८ जना अपाङ्ग व्यक्तिहरु रहेका छन् । वडा भित्र रहेका अपाङ्ग व्यक्तिहरुलाई राज्यको निति अनुरुप कार्ड लिइसकेका व्यक्तिहरुको कार्डमा संशोधन गरिएको छ भने नयाँ अपाङ्ग व्यक्तिहरुलाई पनि अपाङ्गको आधारमा कार्ड वितरण गरिएको छ । यसअघि रातो कार्ड पाएका केही अपाङ्गता भएका व्यक्तिहरुले निलो कार्ड पाएका छन् भने पहिलो कार्ड पाएका केही व्यक्तिले निलो कार्ड पाएका छन् ।
पुर्ण असक्त भएका व्यक्तिहरुलाई रातो कार्ड वितरण गरिएको छ भने त्यस्ता अपाङ्गता व्यक्तिहरुले नगद ३ हजार रुपैयाँ मासिक भक्ता पाउनुको साथै सरकारी अस्पतालमा निशुल्क उपचार, निशुल्क सहयोगी सामग्री र यातायातमा सवारी गर्दा ५० प्रतिशत छुट पाउने व्यवस्था रहेको र निलो कार्ड पाएका व्यक्तिहरुले मासिक १६ सय रुपैयाँ नगद भत्ता, जागिरमा आरक्षण सिटको व्यवस्था, यातायात र अस्पतालमा छुटका साथै छात्रवृति, निशुल्क अध्ययनको व्यवस्था रहेको अपाङ्ग बाल अस्पताल बनेपाका झापा प्रतिनिधि श्याम पोख्रेलले जानकारी गराए । पहिलो र सेतो कार्ड पाउने अपाङ्ग व्यक्तिहरुले नगद बाहेक निलो कार्ड भएका व्यक्तिहरुले पाउने सबै सेवा सुविधा पाउने अपाङ्ग सहयोग समितिका गौरीगंज अध्यक्ष शेरमान बुढाथोकीले जानकारी गराए । गौरीगं गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्ग व्यक्तिहरुलाई राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन नदिन अग्रिम सुचना जारी गरी कार्ड वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी गराए । वडा भित्र रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई अपाङ्गताको प्रकृति हेरी कार्ड वितरण कार्यमा प्रभावकारिता देखाउदै सहज वातावरणमा कार्ड वितरण गरिएको वर्डा नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले जानकारी गराए । उनका अनुसार हिडडुल गर्न नसक्ने अपाङ्ग व्यक्तिहरुलाई आवश्यकता अनुसार व्हील चेयर यस अघि वितरण गरिएको जानकारी गराए । गौरीगंज वार्ड नं. ६ आठमौजाकी देवीमाया सोरेनले २० वर्ष अघि देखि हिडडुल गर्न नसकि ओछ्यानमै थला परेपनि निलो कार्ड पाएकोमा गुनासो गरिन् । उनलाई खुट्टाको समस्या भएको र हिंडडुल गर्न नसक्ने र वृद्व भइसकेको अवस्थामा रातो कार्ड पाउनु पर्ने उनले माग गरिन । गाैरीगंज गाउँपालिकामा जम्मा १ सय१२ जनाले अपांगता परिचयपत्र पाएका छन् भने छुट व्यत्तिहरूकाे लागि सुचना जारी गरि गाउँपालिकाबाट वितरण गरिने जनाईएकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : २९ बजे