१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिचानकाे आधारमा प्रदेश नंं.१काे नाम राख्न मधेशवादी दलहरूकाे सुझाव


२५ श्रावण २०७६, शनिबार  

0
Shares

20190810_173520
विर्तामोड २५, साउन /
झापाका मधेसवादी दलका नेताहरुले प्रदेश नं. १ को नामाकरण प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताहरुले प्रदेश सरकारले पहिचान पक्षधर नेताहरुसँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेश नं. १ को नामाकरण गर्दा पहिचानलाई आधार मानेर गर्नुपर्ने बताए । उनले प्रदेश नं. १ को नाम ‘किरात’ वा ‘किरात–लिम्बुवान–कोचिला’ राख्दा राम्रो हुने बताए ।

त्यस्तै समाजवादी पार्टी नेपालकी झापा उपाध्यक्ष संगीता रौनियारले प्रदेश नं. १ को नाम ‘कोच–किरात’ वा ‘विराट–कोच’ राख्दा सबैको भावना समेट्ने बताइन् । उनले पहिचानलाई आधार मानेर प्रदेश नं. १ को नाम ‘कोसेली’ राख्दा उपयुक्त हुने बताइन् ।

त्यस्तै समाजवादी पार्टी नेपाल लिम्बुवान प्रदेश समिति सदस्य विक्रम लिम्बूले प्रदेश नं. १ को नामाकरण गर्दा हिमाल पहाड तराईलाई समेटिने गरी ‘किरात’ राख्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशीले प्रदेश नं. १ को नामाकरण गर्दा आदिवासी जनजाति लगायत सबैलाई समेटिनेगरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले कोच, किरात, लिम्बुवानलाई समेटिने गरी ‘कोचिला–किरात–लिम्बुवान’ राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल झापा संयोजक देवेन्द्रकिशोर ढुङगानाले प्रदेश नं. १ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए । उनले जाति र समुदायलाई संवैधानिक व्यवस्था बमोजिम विशेष, संरक्षित क्षेत्र निर्धारण गरेर अधिकार दिनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य सूर्यनारायण गणेशले प्रदेश नं. १ को नामाकरण गर्दा आदिवासी जनजाति लगायतको भावना समेटिने गरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य अनुतसिंह राजवंशीले प्रदेश नं. १ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य राजकुमार महतोले पहिचानलाई आधार मानेर प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपालका सुन्दरलाल साहले प्रदेश नं. १ को नामाकरण गर्दा ‘विराट’ राख्नुपर्ने बताए भने राष्ट्रिय जनता पार्टी नेपालका शंकर मेचेले प्रदेश नं. १ को नामाकरण गर्दा ‘मोरङ’ वा ‘किरात’ राख्नुपर्ने बताए ।

कार्यक्रममा उनीहरुले संविधानको सबै नेपाली जनताले अपनत्व ग्रहण गर्न सक्ने गरी वर्तमान संविधानको संशोधन गरी १ नं. प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुनेगरी राष्ट्रिय एकता मजबुत हुनेगरी सहमतीय प्रणालीबाट प्रदेशको नामकरण गर्नुपर्ने निष्कर्ष समेत निकालेका छन् । छलफलको सहजीकरण संवाद समूह झापाका सचिवालय सदस्य अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ११ : ५२ बजे