१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वंशज नागरिकता पाएका जन्मसिद्व नागरिकका सन्तानले साउन २० देखि राहदानी लिन सकिने


२० श्रावण २०७६, सोमबार  

0
Shares

passoort1

गौरीगंज २०, साउन / वंशजको नागरिकता पाएका जन्म सिद्ध नागरिकका सन्तानले साउन २० गते देखि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट राहदानी बनाउन पाउने भएका छन् ।
गत चैतको अन्तिम साता र बैशाखको पहिलो साता गृह मन्त्रालयले जन्मसिद्व नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउन सकिने व्यवस्था गरे पनि केही दिन पश्चात सो निर्णयलाई गृह मन्त्रालयले रोक लगाएको थियो । सो अवधिमा वंशजको नागरिकता पाएका नागरिकले सोही निर्णयसंगै गृहले राहदानी बनाउन नपाउने थप निर्णय गरेको थियो । इलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहालले जन्मसिद्व नागरिकका सन्तानले पाएको वंशजको नागरिकता पाएका नागरिकले राहदानी बनाउन पाउन सकिने बताए । जन्मसिद्व नागरिकका वंशज नागरिकता पाएका सन्तानहरुको राहदानी पाउने भएपछि उनीहरु वैदेशिक रोजगारीमा जाने अवसर पाउने भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : १७ बजे