१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकामा सम्बाद समुह झापाको छलफल


१७ श्रावण २०७६, शुक्रबार  

0
Shares

sambad samuha

गौरीगंज १७, साउन/ झापाको दक्षिण पश्चिम गौरीगंज गाउँपालिकामा भएका सम्स्याहरुको पहिचान गरी सम्बादको माध्यमबाट निराकरण गर्न शुक्रबार सम्बाद समुह झापाले गाउँपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा गौरीगंज गाउँपालिकामा रहेको लोक सेवा अतिथि सदनको नाममा रहेको जग्गा विवाद, विकास निमार्णमा भएको ढिलासुस्ती , नदी कटान, दशगजा नजिक नेपाल तर्फ रहेको ऋषिदेव वस्तीको सुरक्षा, निर्माण भएको शिक्षा ऐनको कार्यान्वयन समस्या, स्वास्थ्य चौकी र सीमा प्रहरी चौकीको व्यवस्थापनको मुख्य समस्या रहेको जनप्रतिनिधिहरुले बोलेका थिए ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले वार्ड नं. ३ मा रहेको लोक सेवा अतिथि सदनको जग्गा भुमाफियाहरुले बेच्न लागेको भन्दै उक्त सार्वजनिक जग्गालाई संरक्षण गर्न सम्बादको माध्यमबाट प्रयास गरिदिन संवाद समुहलाई आग्रह गरिएको थियो । छलफलमा अध्यक्ष श्रेष्ठले लोकसेवा अतिथि सदनको जग्गा २०३९ सालमा दाताले लोकसेवा सदनको नाममा दान दिएको तर उत्त जग्गा २०६९ सालमा मात्र संस्थाको नाममा दर्ता भए पनि उत्त जग्गा गाउ‘पालिकाको सम्पति रहेको जिकिर गरे । सदनको नाममा रहेको करिब १७ कठ्ठा जग्गा र अन्य धानखेतको जग्गाको विषयमा सम्मानित अदालतले गाउ‘पालिकाको नाउमा जारी गरेको निषेधाज्ञा परिपत्रमा गाउ‘पालिकाले उत्त जग्गामा केही नगर्नु नगराउनु भनी आदेश आएको छ, त्यसलाई गाउ‘पालिकाकाले गहिरो रुपमा अध्ययन गरिरहेकोले त्यस जग्गालाई संरक्षण सबैले सहयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
गौरीगंज गाउँपालिकाको वार्ड नं. ४ मा रहेको स्वास्थ्य चौकी र सिमा प्रहरी चौकी रहेको कार्यालयलाई एकै स्थानमा ल्याई व्यवस्थि गर्न ती कार्यालयका जग्गालाई सट्टापट्टा कसरी गर्न सकिनेबारे कानुनी परामर्श गरिदिन संवाद समुहलाई आग्रह गरिएको थियो ।
गाउँपालिकाको शिक्षा ऐन गाउँ सभाबाट पास भएपनि कार्यान्वयन गर्ने सवालमा समस्या रहेको गाउ‘पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए । संघ र प्रदेशको कानुन, ऐन र नियमावलिलाई टेकेर बनाइएको शिक्षा ऐनलाई शिक्षक महासंघलगायतका सरोकारबाला निकायले त्यसको विरोध गर्नु कुनै तुक नरहेको उपाध्यक्ष थापाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै शिक्षक छनौट समितिको संयोजक रहेको व्यवस्थालाई खारेज गरी गाउँपालिकाको शिक्षा समितिका संयोजक शिक्षक छनौट समितिका संयोजक रहने भनी ऐन बनाएकोमा कुनै त्रुटि नरहेको उपाध्यक्ष थापाले बताए ।
त्यसैगरी गाउँपालिकाको वडा नं. २ मा माइ खोलाले गरेको सयौ विघा खेत कटान गरी वस्तीमा पस्न लागेको र त्यसको रोकथामका लागि कहि कतैबाट पहल र सुनुवाई नभएको वार्ड नं २ का अध्यक्ष अघनु राजवंशीले बताए । त्यसैगरी गाउँपालिकामा भएको विकास निर्माणमा ढिलाई, वार्ड नं. ४ मा गेउरिया खेलाको कटानबाट ऋषिदेव टोल नै विस्तापित हुन सक्ने अवस्था आएको र त्यसलार्य रोकथाम गर्न तटबन्धन गर्न खोजेपनि भारतिय पक्षले नदिएको समस्या रहेको बताइएको थियो ।

गौरीगंज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाको रुपमा स्थापित गर्न मन्त्रिस्तरिय निर्णय भएपनि जग्गाको व्यवस्था गर्न समस्या रहेको बताइएको थियो । नाका स्थापना गर्न कम्तिमा १० कठ्ठा जग्गा आवश्यक रहेकोले उत्त जग्गा व्यवस्थापन गर्न वस्ती नै सार्नु पर्ने समस्या रहेकोले त्यसको सहजीकरण गर्न समवाद समुहलाई आग्रह गरिएको थियो । सम्बाद समुह झापाको सहजीकरणमा भएको कार्यक्रममा समुहका सदस्य शारदा रिजालले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष मखना महतो, वार्ड नं. ४ का अध्यक्ष कुल प्रसाद गिरी, वार्ड नं. ५ का अध्यक्ष विजय कुमार सिंह गन्गाई, कार्यपालिका सदस्य जेठा मुर्मू, पत्रकार आत्माराम राजवंशीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ०५ बजे