५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दमक र आसपासका क्षेत्रमा १९ घण्टादेखी अवरुद्ध विद्युत सेवा कतिबेला सुचारु हुन्छ ?


२२ असार २०७६, आइतबार  

0
Shares

photo1
दमक २२, आषाढ / झापाको कमल गाउँपालिका स्थित पाडाजुङीमा रहेको काबेली करिडोर अन्तर्गतको शब स्टेसनमा बिद्युतीय उपकरणमा खराबी आएपछि दमक आसपासका क्षेत्रमा बिगत १९ घण्टादेखी विद्युत आपूर्ती ठप्प छ । शब स्टेसनमा रहेको सिटिपिटीमा सनिबार साझ ७ बजेदेखी खरबी आएको हो । सिटिपिटिमा खराबी आएपछि मर्मतका लागि गएका विद्युत प्राधिकरणका कर्मचारी ५५ बर्षीय प्रेम खतिवडाको करेण्ट लागेर मृत्युभएपछि मर्मत कार्य ढिला हुदा १९ घण्टादेखी दमक, गौरादह, उर्लाबारी, गौरिगञ्ज र कमल गाउपालिकामा विद्युत आपूर्ती ठप्प भएको छ । अहिले मर्मत कार्य जारी रहेको र अबको केही घण्टामै विद्युत आपूर्ती सुचारु हुने विद्युत प्राधिकरण दमक बितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार यादबले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : १६ बजे