१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति अशक्त तथा दलित नागरिकलाई सिरक वितरण


११ बैशाख २०७६, बुधबार  

0
Shares

20190424_170906
गांरीगंज ११, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं ३ ले आज विहान एक कार्यक्रमकाे आयाेजना गरि अति असक्त्त तथा दलित नागरिकलाई सिरक वितरण गरेकाे छ ।
वार्ड नं. ३ काे कार्यालय परिसरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ४० जना अति अशक्त तथा दलित नागरिकलाई सिरक वितरण गरेकाे हाे ।
वार्डकाे लक्षित वर्गकाे वार्ड सिलिङ्ग वजेटबाट विनियोजित रकमबाट ४० वटा सिरक वितरण गरिएकाे हाे । कार्यक्रममा वार्ड वजेटबाटै चतराधाम तिर्थयात्रामा जाने जेष्ठ नागरिकलाई फुलमाला लगाएर विदाई समेत गरिएकाे थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका प्रशासकीय अधिकृत राजकुमार शाक्य, उपाध्यक्ष दिपिन्द्र थापा, अतिथिहरू गाैरीगंज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, गाैरीगंज माविका अध्यक्ष गाेविन्द घिमिरे, सहारा नेपाल गाैरीगंजका प्रमुख उमेश भारती, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेललगायतकाे सहभागिता थियाे । कार्यक्रममा वार्ड नं ३ कि सदस्य तथा कार्यपालिका सदस्य सरिता शेर्पाले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन अजय साहले गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : २५ बजे