१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुखानी सहिद स्मृति मनाउन प्रधानमन्त्री झापा आउँदै


२० फाल्गुन २०७५, सोमबार  

0
Shares

20190304_210320
बिर्तामोड २०, फागुन / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले ४६ औँ सुखानी सहिद स्मृति दिवस सुखानी पार्कमा गर्ने भएको छ ।

फागुन २१ गते हुने सुखानी शहिद स्मृति दिवसलाई प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा झापाले जनाएको छ ।
पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाटसुखानी शहिद स्मृति दिवसलाई सम्बोधन गर्ने लागेको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । झापाको खुदुनाबारी र इलामको दानाबारी नजिकैको सुखानी जंगलस्थिते सुखानी पार्कमा स्मृति दिवस मनाउने र वर्ष हेलिकप्टरमा ज्यान गुमाएका नेता तथा मन्त्री अधिकारीसहित भरतमोहन अधिकारीको पनि श्रद्धाञ्जलिसभा सम्पन्न गर्ने नेकपा झापाका नेता चिन्तन पाठकले बताउनुभयो । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ३ : २३ बजे