१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महावीर चिलारायकाे ५०९ औ जन्माेत्सव मनाईदै, काे हुन् चिलाराय ?


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

20190219_131215

गाैरीगंज ७, फागुन / राजवंशी समाज विकास समित झापाले विश्व महावीर चिलारायकाे ५०९ औ जन्माेत्सवकाे अवसरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरि जन्म दिवस मनाउदै छ ।
नेपाल, भारत र बंगलादेशका काेच समुदायले तत्कालीन काेच राज्यका राजा विश्वसिंहका छाेरा चिलाराय(सुक्लध्वज)काे आजका दिन प्रत्येक वर्ष विभिन्न कार्यक्रमकाे आयाेजना गरी जन्मजयन्ती मनाउदै आएकाे छ ।
राजवंशी समाज विकास समिति झापाले चिलारायकाे जन्माेत्सवकाे अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, बुद्धिजीवीबिच चिलारायकाे ईतिहास र उनकाे पराक्रमबारे अन्तरक्रियात्मक छलफल गर्दै छ ।
काे हुन् चिलाराय ?
चिलाराय एक पराक्रमी याेद्वा थिए । उनकाे जन्म ई.सं.१५१० काे माघी पुर्णिामाकाे दिन भएकाे थियाे । उनी पछि काेच सेनाकाे शत्तिशाली सेनापति भए । अकबरनामा अनुसार उनकाे सेनामा ४००० घाेडा, २ लाख पैदल सेना, ७ सय हात्ती र १००० युद्वपाेत सामिल थिए । यस्ताे महान सैन्य क्षमता पाएर चिलाराय (शुक्लध्वज ) ले आफ्नाे बल, बुद्वि र पराक्रमले एक विशाल काेच राज्य निर्माण गर्न सक्षम भए । उनकाे विलक्षण प्रतिभा र युद्व काैशलका कारण उनकाे नाम चिलाराय रहन गयाे । उनले आफ्ना अपराजेय सैनिकहरूलाई साथ लिएर शत्तिशाली आहाेम राज्यलाई जित्न र आफ्नाे अधिनमा ल्याउन सफल भएका थिए । उनकाे पालामा पिता विश्वसिंहद्वारा स्थापित काेच राज्यकाे सिमाना विस्तार भएर पूर्वमा आसामकाे सीमान्त क्षेत्र , पश्चिममा मिथिला राज्य, उत्तरमा हिमालय, र दक्षिणमा बंगालकाे खाडीसम्म फैलिएकाे थियाे ।
उनी आफ्नाे यिनै सामर्थ्य र गुणले गर्दा काेच राज्यकाे देवान( प्रधानमन्त्री ) पदसम्म पुग्न सफल भएका थिए । उनले आफ्नाे जीवनमा धेरै जसाे समय युद्वमा बिताउनु पर्ने भएपनि सामाजिक काममा पनि उनकाे ठुलाे याेगदान थियाे । उनले ठाउँ ठाउँमा धेरै किल्ला र मठ मन्दिरहरूकाे निर्माण गरेका थिए ।
प्रख्यात कामाख्या मन्दिरकाे पुनः निर्माण गरि उनकाे पुजारी र पूजा व्यवस्था राम्राे प्रबन्ध मिलाएका थिए । कला र साहित्य काे उन्नति र तिनकाे संरक्षण गर्न विभिन्न स्थानहरूबाट विद्वान र पण्डितहरूलाई ल्याई स-सम्मान आफ्नाे राज्यमा राखेका थिए । उनी आफै एकजना महान शिक्षाप्रेमी र विद्वान भएकाेले उनले धेरै पुस्तकहरूमाथि व्याख्या र समालाेचना पनि लेखेका थिए ।
चिलारायले राजा नरनारायणकाे दाहिने हातकाे रूपमा प्रधान सेनापतिकाे कार्यभार सम्हालेर काेच राज्यकाे पताका चारैतिर फहराउन सफल भएका थिए । उनकाे शत्ति, सामर्थ्य र वीरता देखेर मानिसहरूले तिनलाई धेरै नामले सम्बाेधन गर्दथे । जस्तैः संग्रामसिंह, चिलाराय, देउवान, कान्छा, राजा, सुकेल, काेच आदि । उनकाे वैष्णव धर्मार्चाय श्री शंकरदेवकी भतिजी रामरायकी छाेरी कमलप्रियासित भएकाे थियाे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : ४२ बजे