११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने अपुरो प्रजातन्त्र


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

20190219_074634

काठमाडाै ७ , फागुन / फागुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।
स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ६६ वर्ष अघि, विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो “प्रजातन्त्र” ।

राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।

टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै राजनैतिक दलका नेताहरुको उपस्थिती अनि ब्यापक जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाउने चलन केही वर्षयता भने खुम्चदै गएको छ । उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।
यहाँ आन्दोलनको मर्महरुलाई शाषकहरुले कत्तिको ध्यान दिन सकेका छन् त ? जनलहरको उद्देश्य साँच्चै संवोधन गरिएको छ त ?

विश्वले विकासको मूलधारलाई आफ्नो पराक्रमले प्राप्त गर्दासम्म नेपालीहरु अझै पनि हात मुख जोर्नकालागी नै घर परिवार माया मार्दै झोला बोकेर प्रतिदिन १५०० को सख्याँमा विदेश गएको देख्दा नेपथ्यवाट प्रजातन्त्रको असहाय आवाज सुनिन्छ । बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो अपुरो प्रजातन्त्र ?

यसपटकको प्रजातन्त्र दिवस एउटा कोशेढुङ्गा हो, नेपाली प्रजातन्त्रको संस्थागत इतिहासमा । यसवर्ष संघिय गणतान्त्रीक नेपालले चुनावका सफल क्रमहरु संगै जनप्रतिनिधिहरुको एउटा प्रजातान्त्रीक प्रतिनिधित्व पाएको छ । स्थानीय निकाय, प्रतिनिधि सभा, प्रदेश सभा अनि राष्ट्रिय सभासम्म जननिर्वाचीत प्रतिनिधिहरुले नेपाली संसद अनि सरकार शुसोभित छ । प्रजातन्त्रका लागि नेपालीहरु ले बिभिन्न समय अनि कालमा धेरै मुल्य चुकाएका छन् । यस पटकवाट प्रजातन्त्रको पोल्टोमा नेपाली माटोमा बिकास, समृद्धि अनि स्थाहित्व पनि परोस् । पाईलाहरु नरोकिउन्, बोली नरोकियोस्, अक्षर नकाटिउन् अनि स्वतन्त्रता नेपाली धर्तीमा सदैव बिचरण गरिरहोस् । हाम्राे पात्राे

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  २ : ०१ बजे