१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा गाैरीगंजकाे प्रश्न नै प्रश्न ?


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

20190218_150400

गाैरीगंज ६, फागुन / नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजले आज १८ बुदें समरण पत्र बुझाएकाे छ ।
गाैरीगंज गाउँपालिकामा भईरहेकाे विभिन्न विकास निर्माण कार्य, कृषि, शिक्षा, स्वास्थलगायतका विषयमा खबरदारी गर्दै गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई स्मरण पत्र बुझाएकाे हाे । स्मरणपत्र बुझाउनु अधि अध्यक्ष श्रेष्ठलाई नेकपा गाैरीगंजका नेता तथा कार्यकर्ताहरूले बुदांगतरूपमा स्मरणपत्रमा उल्लेख भएका प्रश्नहरूकाे एक एक गरेर जवाफ मागेका थिए ।
केहीमहिना अघि यिनै विषयमा नेकपाले बुझाएकाे ज्ञापनपत्रकाे स्मरण गराउदै के कति याेजनाहरू कार्यान्वयन भयाे र के कति बाकी छन् भन्ने जिज्ञासा र प्रश्नहरू साेधेका थिए ।
अध्यक्ष श्रेष्ठले ती जिज्ञासा र प्रश्नहरूकाे जवाफ दिएका थिए ।
नेकपाका प्रदेश कमिटि सदस्य ह्दय ठाकुर, श्याम ढकाल, केदार ढुंगेल, विष्णु न्याैपाने, जयनारायण दासलगायतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियाे ।

हेर्नुहाेस् स्मरणपत्र
20190218_164357

20190218_164555

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ११ : ४९ बजे