१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा सरसफाई, वार्ड नं ३ काे बस स्टेण्ड व्यवस्थित बनाईने


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

20190216_093330

गाैरीगंज ४, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ३ काे बसपार्क देखि गाैरीया खाेेलाकाे पुलसम्मकाे बाटाे आज सरसफाई गरिएकाे छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसाैनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय प्रहरी पालिका समिति गाैरीगंजले सरसफाई कार्यक्रम गरेकाे हाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं ३ मा रहेकाे करिब ८ कठ्ठा १० धुर जग्गामा रहेकाे बस स्टेण्ड शुचारू गरि सार्वजनिक यातायातलाई सहज बनाउनसमेत तयारी गरेकाे छ । त्यसैगरी सिटी सफारी तथा टेम्पाे स्टेशन व्यवस्थापन, सार्वजनिक यातायातकाे चालक र सहचालकहरूले लगाउने पाेसाकबारेमा समेत कानुन बमाेजिम क्रमिकरूपमा लागू गरिदै लाने गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुुुुराजा श्रेष्ठले बताए ।

सरसफाई कार्यक्रममा अध्यक्ष श्रेष्ठ, उधाेग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा वार्ड नं ३ का अध्यक्ष मखना महताे, वाणिज्य संघका सचिव श्रवण गिरी, नेका महासमिति सदस्य घनश्याम रिजाल, इलाक प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेल, ट्राफिक प्रहरी गाैरीगंज इन्चार्ज गाेकुल आचार्य, बस ब्यावसायी संघ प्रतिनिधि उत्तम दास, कार्यापालिका सदस्य राधा अधिकारी, सदस्य उदिम कुमार राई, सामुदायिक प्रहरी समितिका पदाधिकारी, प्रहरी, स्थानिय, व्यापारीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ११ : ०८ बजे