१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे एक विधालय नजिक बम फेला, स्थानिय त्रसित


२३ माघ २०७५, बुधबार  

0
Shares

ee994a0ab71c89975b28b696e4b9d042.0
गौरीगञ्ज २३, माघ / झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ ।

विद्यालयको उत्तर तर्फ रहेको बाँस झ्याङमा आज दिउँसो एक्कासी बम जस्तो देखिने शकांस्पद बस्तु फेला परेपछि सो क्षेत्र आतकिंत बनेको हो । दुईवटा बोतलमा तार बेरिएको र छेउमा मोटरसाईकलमा प्रयोग गरिने ब्याट्रि राखिएको शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रमोहन राजवशींका अनुसार अज्ञात व्यक्तिले हिजो विद्यालय परिसरमा वेवारिसे अवस्थामा छाडेको एउटा पत्रमा रु १० लाख रुपैयाँ चन्दा माग गर्दै बाँसझ्याङमा बम राखेको र त्यसको रिमोर्ट आफूसंग रहेको उल्लेख छ ।
राजवशींले सो पत्र हिजोनै फेला परेको भएपनि आफू हिजो विद्यालयकै काम विशेषले बाहिर गएका कारण आफूले आज मात्रै पढेको बताए । पत्रलाई आफूले खासै गम्भिर रुपमा लिनुपर्ने आधार नरहेपछि बम नै राखिएको भनेपछि सशंकित भएको उनले बताए ।
सो शंकास्पद बस्तुको वरिपरि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर वम डिस्पोज टोलीलाई खबर गरिसकेको जनाइएको छ ।उक्त बस्तु कसले राखेको भन्ने बिषयमा अहिले सम्म कुनै जानकारी नआएको र घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ३७ बजे