१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तत्कालिन माओवादीबाट नेकपाको जिल्ला कमिटीमा को को परे ? हेर्नुहोस् नामावली


१० माघ २०७५, बिहिबार  

0
Shares

विर्तामोड १०, माघ /

नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा जिल्ला कमिटीमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट केही चर्चित र पहिले केन्द्रीय सदस्य समेत बनिसकेका नेता पनि परेका छैनन् । नेकपा झापाको जिल्ला सदस्यमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट ६९ जनाको नाम सिफारिस भएको हो ।
20190124_210037

विर्तामोड क्षेत्रका चर्चित नेताहरु सीपी कडरिया, ज्योतिसिंह दर्लामी, मेचीनगरका बोधराज दाहाल असिम, प्रदेश सांसद पूर्णसिंह राजवंशी, हल्दिवारीबाट पुजा खनाल लगायतका नेता जिल्ला सदस्यमा पनि नपरेका हुन् ।
तर, कही सामान्य कार्यकर्ता पनि जिल्ला नेतृत्वमा सिफारिस भएको स्रोतले जनाएको छ । दुई जना सञ्चारकर्मी पनि जिल्ला सदस्यमा सिफारिसमा परेका छन् । पत्रकारिता पनि गर्दै रहेका गौरदहका दण्डि घिमिरे र कचनकबलका दयाराम दाहाल जिल्ला सदस्यमा सिफारिसमा परेका छन् । यसअघि नै केन्द्र र प्रदेश कमिटीको नाम सार्वजनिक भइसकेको छ । तत्कालिन माओवादी केन्द्रले ६९ जनालाई झापा जिल्ला कमिटी सदस्य बनाउन सिफारिस गरेको नेकपाको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।
रेडियाे भिजनबाट
20190124_205941

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ३ : १९ बजे