१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहाराकाे युवा नेतृत्व विकास तालिम


१० माघ २०७५, बिहिबार  

0
Shares

20190124_172603

गाैरीगंज १०, माघ / गाैरीगंज गाउँपालिकामा आजदेखि २ दिने युवा नेतृत्व विकास तालिम शुरू भएकाे छ ।
सेन्टर फर क्रिएटिभ लिडरसिफ र ह्यबिट्याट फर ह्ययुमानिटिकाे साझेदारीमा सहारा नेपालकाे आयाेजनामा शुरू भएकाे तालिमकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
तालिमकाे पहिलाे सत्रमा दिगाे विकासका लागि समुदायलाई चाहिने आवश्यक तत्वहरू, नेतृत्वका लागि मार्ग दर्शन-पङ्क्तिबद्वता – प्रतिबद्वता चाहिने, सामाजिक पहिचान, सामाजिक परिचयका विषयमा अन्तरक्रियात्मकरूपमा चर्चा गरिएकाे थियाेे ।
कार्यक्रमकाे उद्वघाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, लायन्स क्लव अफ ईटहरी ग्रीन सीटी इटहरीकि अध्यक्ष निर्मला चाैधरी, ह्याविट्याटका युवा परिचालन पुर्वाञ्चल संयाेजक नसिम शरबरलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
३५ जना सहभागिता रहेकाे तालिमकाे सहजिकरण सहारा नेपालका उमेश भारती, कुसुम उप्रेती, चन्दा सिटाैला र विनाेद दाहालले गरेका थिए । गाैरीगंज गाउँपालिकाकाे संयाेजनमा भएकाे तालिमकाे कार्यपालिका सदस्य राधा अधिकारीकाे अध्यक्षतामा उद्वघाटन भएकाे थियाे ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ८ : २९ बजे