१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नि:शुल्कमा किटनाशक युत्त झुल वितरण हुने


८ माघ २०७५, मंगलबार  

0
Shares

20190122_152233

गाैरीगंज ८, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा किटनाशक युत्त झुल वितरण हुने भएकाे छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा टेकु काठमाडाैंले ४३ सय झुल निशुल्कमा वितरण गर्न लागेकाे हाे ।
गएकाे ३ वर्षमा यस क्षेत्रमा अध्ययन गर्दा प्लाज्माेडियम, भाईभेक्स, फ्लेसिपारम, ओभली नामक परजीवी (औलाै राेग सार्ने परजीवी) देखापरेकाेले सरकारले झुल वितरण गर्न लागेकाे हाे । राष्ट्रियस्तरबाट वैज्ञानिक आधारमा अध्ययन गरि याे क्षेत्रमा औलाे राेगकाे प्रकाेप देखापरेकाेले
प्रदेश नं १ भरिमा पहलाे पटक सरकारले झुल वितरण गर्न लागेकाे स्वास्थ्य अधिकृत उत्तम काेईरालाले बताए ।
झुल वितरणका लागि वार्डवासीकाे घरघरमा पुगी दुई जना स्वयंसेवकले तथ्यांक लिने कार्य गरिरहेका छन् ।
समुदायकाे घरघरमा पुगि परिवार सदस्यकाे आधारमा सबैघर परिवारलाई र पहिलाे पटक स्वास्थ संस्थामा जाँच गर्ने गर्भवती महिलालाई झुल उपलब्ध गराउने स्वास्थ अधिकृत काेईरालाले बताए ।
20190122_134008

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ९ : ४१ बजे