१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानिय विकास निर्माणमा सञ्चारकाे महत्वपुर्ण भुमिका


१२ पुस २०७५, बिहिबार  

0
Shares

20181227_163232

गौरीगञ्ज १२, पुस / सञ्चारका माध्यमबाट स्थानीय विकास निर्माणका एजेण्डाहरु राष्ट्रिय अन्तराष्ट्रिय जगत सम्म पुर्याउन आवश्यक रहेको झापाको गौरीगञ्जमा आयोजित अन्तरक्रियाका सहभागिहरुले बताएका छन् ।
नेपाल प्रेस युनियनले गौरीगञ्ज ६ स्थित वडा कार्यालयमा आज आयोजना गरेको जनप्रतिनिधिहरु र कांग्रेसको स्थानीय नेतृत्वसंग सञ्चारकर्मीहरुबिचको अन्तरक्रियाका सहभागिहरुले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सञ्चारको भुमिका महत्वपूर्ण हुने बताएका हुन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व गाविस अध्यक्ष घनश्याम रिजालले लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रले दिएको योगदान स्मरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको उपलब्धीलाई संस्थागत गर्न विकास र समृद्धिका लागि पनि सञ्चार जगतले स्वतन्त्रतापूर्वक जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताए । उनले ठाउँ ठाउँमा जनप्रतिनिधिहरु तथा सरकारबाट भएगरेका त्रुटीहरुलाई औंल्याउँदै सकारात्मक सन्देश दिने किसिमका सामग्री बाहिर ल्याउन आवश्यक रहेको पनि उल्लेख गरे ।
युनियनका माइपश्चीम क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस महासमिति सदस्यहरु देवी प्रसाद राजवशीं, नौताली राजवशीं, फूलवती राजवशीं, गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवशीं, वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव, गाउँकार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य हेमा आचार्य लगायतले पनि आआफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको संयोजन गौरीगञ्ज वडा नं ३ को वडा कार्यालयले गरेको थियो । कार्यक्रमकाे संचालन पत्रकार आत्माराम राजवंशीले गरेकाे थियाे ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  १० : ५० बजे