१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तराईमा शसस्त्र रुपमा संघर्षरतटोलीले हातहतियार बुझायो


२७ मंसिर २०७५, बिहिबार  

0
Shares

crown_heights_school_gun_0322

बिराटनगर २७, मंसिर / तराईमा शसस्त्र रुपमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरी सदरमुकाम राजविराजमा सरकारी वार्ता टोलीसमक्ष हातहतियार बुझाएको छ ।

सरकारले सोम प्रसाद पाण्डेको संयोजकत्वमा विभिन्न भूमिगत समूहसँग बार्ता गर्न गठित टोली समक्ष मोर्चाले आज हातहतियार बुझाएको हो । जयकृष्ण गोइतसँग अलग भएर छुट्टै अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक बनेका अविनाश भनिने उपेन्द्रप्रसाद यादवको नेतृत्वमा ११ जनाले सरकारी वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाएका हुन् ।

बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारी वार्ता टोली संयोजक सोमप्रसाद पोण्डेले हाल २५ वटा सशस्त्र समूह सक्रिय रहेकोले अधिकांशसँग वार्ता भइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा सरकारी वार्ता टोलीका सदस्यहरु सुरेश आले मगर र ताराकान्त चौधरी, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोबिन्दबहादुर न्यौपाने, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्रका प्रहरी उपरिक्षक लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ५ : २५ बजे