१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपाले दियाे प्रदेश कमिटिकाे पुर्णता , १ नं प्रदेश कमिटिमा झापाबाट काे काे परे !


१७ मंसिर २०७५, सोमबार  

0
Shares

20181203_193041
काठमाडौं १७, मंसिर / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको छ ।

गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका नामहरु सोमबार सार्वजनिक गरिएको हो ।

प्रदेश कमिटीमा रहने सदस्यहरु ‘साविक नेकपा एमाले’ र ‘साविक माओवादी केन्द्र’ भनेर किटानीसाथ भागबन्डा मिलाइएको छ ।

जसअनुसार १ नम्बर प्रदेशमा साविक एमालेबाट १२२ र साविक माओवादी केन्द्रबाट ८५ रहेका छन् ।

प्रदेश नँ १ को प्रदेश कमिटीमा झापा बाट छनौटमा परेका सदस्यहरुको नाम यस प्रकारकाे छ । प्राप्त जानकारी अनुसार तत्कालिन एमाले बाट झापाका बिष्णु प्रसाई, सोमनाथ पोर्तेल, बसन्त बानिया मेनका काफ्ले, जसमाया गजमेर बिर्ख प्रधान, पबित्रा खरेल हिरा थापा बिमला बिश्वकर्मा, टुञ्ज बराईली, चिन्तन पाठक , बिष्णु शिबाकोटी, रोमनाथ ओली, रोमणी भटराई, राजिब घिमिरे, दीपक कार्की, हृदय ठाकुर, होम बहादुर थापा र अमर शिबाकोटी रहेका छन्

त्यसैगरि तत्कालिन एमाओबादी बाट झापाका झलक सिँह दर्लामी, राजु अधिकारी, मणि साम्पाँग, खड्ग बहादुर कन्दङ्बा , लक्षमी न्यौपाने, पुरुषोतम चुडाल, रेवतीराज पुरी, कल्पना कार्की, डिल्ली घिमिरे, भुपाल सापकोटा, हँशलाल राजवँशी, श्याम बिर लिम्बु र बिरेन्द्र बस्नेत रहेका छन् |

२ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट १०६ जना रहेका छन् । २ नम्बरमा तीनजना नवप्रवेशी पनि छन् ।

३ नम्बरमा साविक एमालेबाट ११६ र साविक माओवादी केन्द्रबाट १०१ रहेका छन् भने गन्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र साविक माओवादी केन्द्रबाट ८५ सदस्य रहेका छन् ।

यस्तै, ५ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट ९७ जना समितिमा रहेका छन् ।

यस्तै, कर्णाली प्रदेशमा साविक एमालेबाट ८७ र साविक माओवादी केन्द्रबाट ८८ जना तथा सुदूरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट १०० र साविक माओवादी केन्द्रबाट ८३ जना रहेका छन् ।

रामबहादुर थापा र महासचिव विष्णु पौडेल सम्मिलित कार्यदलले बुझाएको नामावलीलाई सचिवालय बैठकले परिमार्जनसहित अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  १ : ५० बजे