१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह नगरपालिकामा बहुमत र अल्पमतबीच जुहारी, नगरवासी मारमा


१४ मंसिर २०७५, शुक्रबार  

0
Shares

20181130_171436

गाैरादह १४, मंसिर / गाैरादह नगरपालिकामा जनप्रतिनिधिबीच विवाद भएकाे छ ।
नगरपालिकाकाे विहिवार बसेकाे कार्यपालिका बैठकमा स्थानिय सरकार सञ्चालन ऐेनलगायत विभिन्न कार्यविधि र नियमावलीमा मेयरकाे अधिकार कटाैती गर्ने गरि प्रस्ताव ल्याएकाे विषयमा सहमति नजुटेपछि विवाद भएकाे हाे ।
नगरपालिका मेयर राेहित कुमार साहले बैठकबाट निर्णय भएका ऐेन, नियमावली र कार्यविधिमा प्रमाणिकरण सबैमा अाफुले गरेपनि एमाले पक्षका जनप्रतिनिधिहरूले मिथ्या अाराेप लगाउदै स्थानिय सरकार सञ्चालन ऐन विपरीत उपमेयर गिता भेटवालकाे अध्यक्षमा बैठक बसेर बहुमतकाे दम्भ देखाएकाे बताउनु भयाे ।
सहकारी ऐन २०७५, उपभोत्ता समित गठन,व्यवस्थापन कार्यविधि ऐन, गाैरादह खेलकुद विकास ऐन, संघ संस्था दर्ता व्यवस्था बनेकाे ऐन, कार्यसम्पादन, कार्यविभाजन नियमावली, गाैरादह नगरपालिकाकाे विनियोजन ऐन, अार्थिक ऐन र राजपत्र प्रकाशन सम्बन्धि कार्यविधिलगायतका विषयहरू विधान मसाैदासमितिमा छलफल नै नगरी सिधै परिषद बैठकमा प्रस्ताब ल्याई बहुमतले निर्णय गराउन खाेज्नु मेयरलाई रबर स्ट्याम्प
बनाउन खाेजेकाे मेयर साहले बताउनुभयाे ।
गाैरादह नगरपालिमा अाज मेयर साहले अाज विहान पत्रकार सम्मेलन गर्दै बैठकमा पनि काुननले दिएको नगर प्रमुखको अधिकारलाई मिचेर बहुमतले जे भन्छ नगर प्रमुखले त्यहि मान्नु पर्छ भनी एमाले पक्षका वडाध्यक्षहरुले बखेडा झिकेपछि अाफुले बैठक स्थगित गर्नु परेकाे उहाँले बताउनुभयाे ।

आफु जनताको प्रतिनिधी भएको भन्दै नगर प्रमुख शाहले बहुमतकै आडमा जनबिरोधी निर्णय गर्न नदिने अडान लिएपछि बैठकमा बिबाद भएको बताउनुभयाे ।
९ वटा वडा रहेको नगरपालिकामा प्रमुखसहित तीन वटा वडामा कांग्रेसले जितेको छ भने ६ वटा वडा र उपप्रमुखसहित बहुमत त्तत्कालीन एमालेको पक्षमा रहेको छ ।

बैठक स्थगित भएकाे केही छिनमै नगरपालिका उपमेयर गिता भेटवालकाे अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरू गरिएकाे थियाे । बैठकमा कार्यपालिका बैठक सञ्चालन सम्बन्धि कार्यविधि २०७५, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्वन्धि कार्यविधि २०७५, नगरपालिकाकाे निर्णय वा अादेश र अधिकारपत्रकाे प्रमाणिकरण कार्यविधि र नगरपालिकाका पदाधिकारी अाचार संहिता कार्यविधि पारित गरेकाे थियाे ।
उपमेयर भेटवालले मेयर राेहित कुमार साहले कार्यपालिकाबाट निर्णय भएका ऐन, कानुनहरू प्रमाणिकरण गर्न अाफुहरूले बारम्बार भनिए पनि मेयर ज्युले वास्ता नगरी अाफु खुशी समय लम्ब्याएकाेले हामीले निर्णय गर्न बाध्य भएकाे बताउनुभयाे ।

उपमेयर गिता भेटवालकाे अध्यक्षता बसेकाे बैठकबाट निर्णय भएका प्रस्तावहरू
20181130_171405

20181130_171334

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ११ : ३९ बजे