४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल प्रेस युनियन झापाको पद हस्तान्तरण


३ मंसिर २०७५, सोमबार  

0
Shares

20181119_190748

विर्तामोड ३, मंसिर/
नेपाल प्रेस युनियन झापा शाखाको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई आज पदहस्तान्तरणसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
विर्तामोडमा सम्पन्न कार्यक्रममा गत असोज १३ भएको अधिवेशनबाट इन्दु पूर्वेलीको अध्यक्षतामा निर्वाचित कार्य समितिलाई तत्कालिन अध्यक्ष कृष्ण हुमागाइँले पद हस्तान्तरण गर्नु भएको हो । सोहि अवसरमा यूनियनका कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति एवम् पूर्व सांसद सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले स्वतन्त्र प्रेस विना लोकतन्त्र कमजोर हुने भन्दै निर्भीक, निडर भएर व्यवसायिक तर्फ अघि बढ्न जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले स्वतन्त्र प्रेसका लागि पत्रकारहरुले निर्वाह गर्दैआएको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भयो । नेता शिवाकोटीले यतिबेला राज्यपक्ष प्रेसलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको भन्दै यसलाई तानाशाहको उदय हुने संकेतका रुपमा लिन सकिने उल्लेख गर्नु भयो ।
कांग्रेस झापाका कार्यवाहक सभापति राम कटट्ेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री र प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । पदहस्तान्तरणपछि आजनै युननियनको पहिलो बैठकले अघिल्लो कार्य समितिसहित निर्वाचन मण्डल, केन्द्रीय प्रतिनिधिलाई धन्यवाद, सल्लाहकार समिति गठन सहित तीन वटा निर्णय पारित गरेको सचिव डिल्लीराम घोर्साइले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकार समितिमा राजेन्द्र गौतम, कृष्ण हुमागाई, चिन्तामणि दाहाल, गोविन्दचन्द्र क्षेत्री, भिम नेम्बाङ्ग र लोकराज ढकाल लाई मनोनयन गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  १ : २३ बजे