१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १, सरकारले छठ पर्वको अबसर पारेर विराटनगरमा साँस्कृतीक महोत्सव गर्ने


२४ कार्तिक २०७५, शनिबार  

0
Shares

pradesh-sarkar

विराटनगर २४, कात्तिक /
एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै साँस्कृती महोत्सवलाई एउटा नयाँ उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए ।
एक नम्बर प्रदेश सबै जातजातीको साझा थलो भएकोले पहिलो पटक बिराटनगरमा नेपालीहरुको बिभिन्न चाडपर्बको सन्दर्भमा छठ पर्बको अवसरमा २८ गते कार्यक्रम गर्न लागिएको एक नम्बर प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । छठ पर्बलाई केन्द्रमा राखेर गर्न लागिएको साँस्कृतिक उत्सव तथा जलपान कार्यक्रममा ९ वटा स्थानीय तहले आफ्नो स्थानीय संस्कृती झल्कने झाँकी सहितको नृत्य तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिईएको छ ।
प्रदेश सरकारले गर्न लागेको साँस्कृतिक महोत्सवमा सुनसरीको गढी गाउँपालिकाले झाँगड, हरिनगरा गाउँपालिकाले मुस्लिम सँस्कृती झल्कने पहिचान प्रस्तुत गर्ने छ । त्यस्तै सुनसरी कै दुहबी नगरपालिकाले थारु साँस्कृतीक नृत्य, मोरङको जहदा गाउँपालिकाले सन्थाल नृत्य, कटहरी गाउँपालिकाले बाँतर नृत्य, बिराटनगर महानगरपालिकाले माडवारी समुदायको पहिचान झल्कने नृत्य तथा झाँकी, धनपालथान गाउँपालिकाले राजबंशी समुदायको नृत्य प्रस्तुत गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । त्यस्तै ग्रामथान गाउँपालिका र रंगेली नगरपालिकाले समेत आफ्नो स्थानीय पहिचान झल्कने साँस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्ने उनको भनाई छ ।
हाँस्य कलाकार
प्रदेश सरकारले गर्ने साँस्कृतिक महोत्सव कार्यक्रममा राष्ट्रिय कलाकार दिपाश्री निरौला, विल्सन बिक्रम राई (तक्मे बुढा) गायक सुमित खड्का, मैथिल भाषी कलाकार ललितकुमार र संगिता लगायतका कालाकारले समेत आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको महोत्सव कार्य संचालन उप समितिका संयोजक तथा सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहालले जानकारी दिए । आजको मितिसम्म नागरिकको महत्वपुर्ण सहभागिता गराउनको लागि ४ हजारलाई निम्ता कार्ड बाँडिसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  १ : १७ बजे