१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोरङमा युवतीलाई जंगल लगेर रक्सी ख्वाएर सामुहिक बलत्कार


२५ आश्विन २०७५, बिहिबार  

0
Shares

gang-rape
पथरी २५, असोज / मोरङको पथरीशनिश्चरे १० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन । पुलचौक निवासी साथी बिपना महराले मेरो जन्म दिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर (निगार) स्थानीय भाषामा मदिरा खुवाएर जबरजस्ती बलत्कार गरेको पिडित बालिकाले बताएकी छन ।

आमा अर्कै संग पोईल गएकी र बाबू अरुकोमा हली बस्दै आएका कारण पिडित बालिका मावलीमा बस्दै आएकी थिईन । स्थानिय बिद्यालयमा कक्षा ६ मा अध्यायन गर्दै आएकी १३ बर्षीया ती बालिकालाई एउटा मोटरसाईकलमा आएका पथरीशनिश्चरे वडा नं. ९ का राजकुमार माझी र पथरीशनिश्चरे वडा नं. १ का मनोज राईले पथरीशनिश्चरे वडा नं. २ को जङ्गलमा लगि बलत्कार गरेको पिडितले बताएकी छिन निगार खुवाएर नशा लागेपछि २ जनाले बलत्कार गरि सोहि स्थानको मन्दिरमा राखी बुधबार ३ बजे घर छेउमा ल्याएर छोडेका थिए ।
बालिकाको रातभर खोजी भएको थियो । बिपना महराको घरमा खोज्न जाँदा दुई केटा संग गएकी भन्ने थाहा पाएपछि राजकुमार माझीको घरमा बुधबार खोज्न जाँदा हप्कीदप्की गरी पठाएको छिमेकी उर्मीला नेपालीले बताईन । बालिका हराएको प्रहरीलाई खवर गर्दा प्रहरीले पनि चासो नदिएको छिमेकीहरुले गुनासो गरेका छन । पिडित बालिका बलत्कृत भएपछि घरमा आई आफु बलत्कृत भएको कुरा बताएपछि बलात्कारमा संलग्नहरुलाई घरमै गएर प्रहरीको सहयोगमा पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । पिडित बालिका बलत्कारमा संलग्न पक्राउ परेपछी बेहोस भएको र उनको पथरी हस्पिटलमा प्राथमिक उपचार पछि स्वास्थय परिक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ११ : ३२ बजे