१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विराटनगरमा प्रदेश स्तरीय स्थानीय तह प्रमुखको भेला सकियो


१५ आश्विन २०७५, सोमबार  

0
Shares

20181001_183628

विराटनगर १५, असोज / बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरु बिच विकास साझेदार समन्वय गर्न बिराटनगर भेला सकिएको छ ।
१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिट्टै नाम र राजधानी पाउने भएकोले यस बारे ब्यापक छलफल हुन थालको मुख्य बताए ।
प्रदेश १ को अस्थायी राजधानी बिराटनगरकामा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता थियो । असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब बिनोद डागीले बताए ।
कार्यक्रममा स्थानीय निकायमा गरिने विकासको मोडल र नयां सबिधानले दिएको स्थानीय तहलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउपालिका र नगरपालिकाले गर्ने स्थानीय तहको विकासलाई फलदायी र दिगो बिकासको बारेमा छलफल भएको थियो । २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको उपस्थिती रहेको थियो । प्रदेश १ बाट शुरु भएको यो अभियान ६ वटै प्रदेशमा संचालन गर्ने आयोजकको तयारी छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  १२ : ५४ बजे