१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एक नम्बर प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नेकपा संसदीय दलको बैठक विराटनगरमा शुरु


१५ आश्विन २०७५, सोमबार  

0
Shares

samsadiya-dal-Nekapa

विराटनगर १५, असोज / एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक विराटनगरको फन एण्ड फुड रिसोर्टमा शुरु भएको छ । प्रदेशको नाम र राजधानीको बिषयमा चर्को बहस शुरु हुन थालेपछि संसदिय दलको बैठक शुरु भएको हो ।मुख्यमन्त्री शेरधन राईले आन्तरिक गृहकार्य गर्दै मन्त्रालय छर्ने तथा प्रदेश सभा ईटहरी सार्ने तयारी गरेको बिषयले चर्चा लिईरहेको बेला संसदिय दलको बैठक शुरु भएको हो । प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउन आजदेखि छलफल शुरु गरेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुई तिहाइ बढी मत रहेको नेकपा भित्रै मतान्तर भईरहेका बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी बारे पनि छलफल भएपछि स्थायी राजधानी तोकिने संभावना रहेको नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । संसदिय दलको बैठकमा सबै संसदहरुलाई अनिवार्य गरिएको छ । संसदिय दलको बैठक आज र भोली २ दिन चल्ने छ ।
प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचारी धारणा सार्बजनिक गरेको छैन । तर मुख्यमन्त्री राईले कार्यपालिका बिराटनगरमा र ब्यवस्थापिका ईटहरी लैजाने कुराले बिराटनगरमा तरंग छाएको छ । तरंगित अबस्थाकै बिचमा आज देखि नेकपाको संसदिय दलको बैठक बसेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  १२ : ०४ बजे