१२ माघ २०८१, शनिबार | Sun Jan 26 2025

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाद्वारा भाडा बृद्धिको विरोध


८ आश्विन २०७५, सोमबार  

0
Shares

20180924_203102
विर्तामोड ८, असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले यातायत क्षेत्रमा गरिएको भाडा बृद्धिको विरोध गरेको छ ।

चाड पर्वको अवसरमा छूट दिनुपर्नेमा सरकारले उल्टै १० प्रतिशत भाडा बृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो । संगठनको आज बसेको बैठकले भाडा बृद्धिको विरोध गर्दै विज्ञप्ति समेत जारी गरेको छ ।

‘चाडपर्वमा सरकारले सहुलियत भाडा बनाउनुपर्नेमा १० प्रतिशत बृद्धि गरेर नेपाली जनताको ढाँड सेक्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अध्ययनका सिलसिलामा अन्यत्र गएका विद्यार्थी दशैंका बेला फर्किने बेलामा गरिएको भाडा बृद्धिको विरोध गर्दछौँ ।’

भाड बृद्धिलाई आधार बनाएर अन्य वस्तु तथा सेवामा समेत मूल्यबृद्धि हुने राप्रविसं झापा अध्यक्ष पुजन भट्टराईले बताउनुभयो । ‘तत्काल भाडा बृद्धि फिर्ता लिन माग गर्दछौँ’, उहाँले भन्नुभयो, ‘नागरिकको जनजीवनमा नराकात्मक असर पर्न नदिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराउँदछौँ ।’

भाडा बृद्धि फिर्ता गरेर पुरानै भाडा कायम नगरिए कडा अन्दोलन गर्ने संगठनका सचिव समिर शिवाकोटीले बताउनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  २ : ४७ बजे