३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने


६ आश्विन २०७५, शनिबार  

0
Shares

fotsal
गाैरादह ६, असाेज/

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यूनियनले बडा दशैंको उपलक्ष्यका अवसर पारेर जिल्लाको माइपश्चिम क्षेत्रमा रहेका मिडिया हाउसहरुको सहभागीता रहने गरी पहिलोपटक ‘मिडिया कप फुटसल’ प्रतियोगिता गर्न लागिएको यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले जानकारी दिनुभयो ।

यूनियनको गौरादहमा शनिबार बसेको कार्यसमितिको वैठकले औपचारिक रुपमा फुटसल आयोजना गर्ने निर्णय गरेको हो । फुटसल दमक–९ स्थित फुटसलको खेल मैदानमा हुने जनाईएको छ ।

प्रतियोगितामा माइपश्चिमका एक दर्जन मिडीया हाउसको सहभागिता रहने अध्यक्ष सुब्बाले बताउनुभयो । सुब्बाले माइपश्चिम क्षेत्रका मिडीया हाउसहरुवीच समन्वय गरि सम्बन्ध वृद्धि गर्न प्रतियोगितासहित शुभकामना आदनप्रदान कार्यक्रम राखिएकोपनि जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टीमलाई नगद १५ हजार तथा दोस्रो हुने टिमलाई नगद १० हजार पुरस्कारसहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक अर्जुन राजवंशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ४ : २९ बजे