१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काठमाडाैंमा इन्धनकाे हाहाकार, एयरलाइन्स चार्टर्ड गरेर अाएका शेनाका २० चालक विराटनगरमा


६ आश्विन २०७५, शनिबार  

0
Shares

oil-nigammm

विराटनगर ६ ,असाेज / नेपाल आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ ।
अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हामीले अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिन्छौँ । ट्यांकर नचलाउने चालकबाट हामी चाबी खोसेर उहाँहरूलाई चलाउन दिन्छौँ,’ उनले भने । आफ्नो मातृ संस्थासँग घात गरेर ट्यांकरचालकहरूले ऐतिहासिक भूल गरेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  १ : ५७ बजे