१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह बजारमा दीप प्रज्ज्वलन


३ आश्विन २०७५, बुधबार  

0
Shares

94e106ea045dc5235e147104c8e9f063.0

युबराज रेग्मी गौरादह ३, असोज /

नेपाली कांग्रेस गौरादह नगर समिति तथा वडा न १ ,२ र ३ को सम्युक्त आयोजनामा संविधान दिवशको अबसर पारेर बेलुकी ६ बजे गौरादह बजारमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली काङ्ग्रेस गौरादह नगर सभापती श्री यादब राज सेडाइको सम्योजकत्वमा आयोजित कार्यक्रम गौरादह १ निवासी सामाजिक एबम धार्मिक ब्यक्तित्व जेस्ठ नागरिक श्री खगेन्द्र कार्किको बाहुलीबाट प्रथम दिप प्रज्ज्वलन गरि सुभारम्भ गरिएको थियो । कार्यक्रमको अन्त्यमा वडा न २ का अध्यक्ष श्री हेमन्त कार्किले दिप प्रज्ज्वलनको अबसरमा सुभकामना राख्नु भएको थियो ।त्यसै गरि गौरादह नगरपालिका वडा न ८ जुरोपानी चौकमा पनि दिप प्रज्वलन गरिएको छ ।
स्थानीय युबा, बालबालिका ,तथा वृध वृधाकाे उपस्थिती रहेको कार्यक्रममा स्थानीय राजनितिक तथा सामाजिक ब्यक्ति दुर्गामणी दाहालले संविधान दिबसका बारेमा मन्तव्य राख्नुभएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  २ : २१ बजे