१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकाे ग्वालडुवा बजारमा रत्तदान


३ आश्विन २०७५, बुधबार  

0
Shares

1c507f79719c3ffa9fe35ec906e9bbff.0
युबराज रेग्मी गा‌ैरादह ३, असाेज / नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले आफ्नो २१ औँ स्थापना दिवसको अबसर पारेर आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुवा बजारमा आयोजित कार्यक्रममा ४० पुरुष र ५ महिला बाट जम्मा ४५ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा ५८ वर्षीय बाबुलाल ताजपुरिया देखि १८ बर्सिया बिनिता तिम्सिनाले रक्तदान गरेको जानकारी गौरादह उपशाखाका सचिव सन्तोष कार्कीले बताए । कार्यक्रममा सुनिल ताजपुरियाले पहिलो पटक रक्तदान गरेका थिए ।

गौरादह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बलराम खरेलले उद्घाटन गरेको कार्यक्रममा रक्त सञ्चार केन्द्रका इन्चार्ज सिद्धार्थ दाहालले शाखाका उप सभापति भीमबिजय बाँस्तोला र वडा अध्यक्ष बलराम खरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरिएयाे थियाे । कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र दमकले गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  १० : ३० बजे