१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग


१ आश्विन २०७५, सोमबार  

0
Shares

Nebisang-768x453
काठमाडौं १,असाेज / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।प्रर्दशनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो ।

प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाई गरिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिए ।

संघले हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि आफूहरु त्यसविरुद्ध सडक संघर्षमा आउन बाध्य भएको पनि जनाएको छ । संघका अध्यक्ष महरले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  १ : ५४ बजे