१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्याम सुन्दर प्रतिष्ठानमा बद्रीनारायण यादव अध्यक्षमा मनाेनयन


२५ भाद्र २०७५, सोमबार  

0
Shares

20180910_163619
गाैरीगंज २५,भदाै / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ६ देवीगंज स्थित श्याम सुन्दर यादव स्मृति प्रतिष्ठानकाे अध्यक्षमा बद्रीनारायण यादवलाई मनाेनयन गरिएकाे छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाकाे भाद्र १६ गते बसेकाे बैठकले यादवलाई अध्यक्षमा मनाेनयन गरेकाे हाे । अध्यक्ष यादव गाैरीगंज गाउँपालिका वार्ड नं ६ का निर्वाचित अध्यक्ष हुन । प्रतिष्ठानकाे यस अघि मखना महताे अध्यक्ष थिए ।
माअाेवादीकाे सशस्त्र जनयुद्ध समयमा मारिएका श्याम सुन्दर यादव तत्कालीन खजुरगाछी गाविसका वडा अध्यक्ष थिए । नेपाली कांग्रेसले श्याम सुन्दर यादवलाई सहिद घाेषणा गरि उनकाे स्मृतिमा प्रतिष्ठान निर्माण गर्न लागिएकाे हाे । कांग्रेसले उनकाे स्मृतिमा ९ वर्ष अघि शालिकसहित प्रतिष्ठान निर्माण गर्न शुरू गरिए पनि प्रतिष्ठानकाे भवन र शालिक निर्माण हुन सकेकाे छैन । प्रतिष्ठानलाई प्रभावकारीरूपमा सञ्चालन गर्न जिल्ला समितिले यसकाे नेतृत्व हेरफेर गरिएकाे बुझिएकाे छ ।

20180910_161444

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  ११ : ०० बजे