१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

६ जना शिक्षकसहित १ जना प्रअ सम्मानित


२२ भाद्र २०७५, शुक्रबार  

0
Shares

20180907_133823

गाैरीगंज २२, भदाै / अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा गाउँ शिक्षा समिति गाैरीगंजले
शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने ६ जना शिक्षक र १ जना उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गरेकाे छ ।

20180907_154238

गाैरीगंज गाउँपालिका अन्तर्गतकाे शिक्षा समितिले अायाेजना गरेकाे अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा अायाेजित कार्यक्रम

गाैरीगंज गाउँपालिका अन्तर्गत शिक्षा समितिले गाैरीगंज गाउँ पालिका भित्रका शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने उदयलाल यादव, विष्णुमान श्रेष्ठ, केशर वहादुर श्रेष्ठ, हरिलाल बराल, दुर्गा प्रसाद ताजपुरिया , जयसिंह राजवंशी र उत्कृष्ट प्रअमा भाेला प्रसाद खतिवडालाई अाज एक भव्यकार्यक्रमका बीच सम्मान गरिएकाे हाे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , कार्यक्रमका सभापति तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापा र सामाजिक विकास समितिका संयाेजक मखना महताेले संयुक्तरूपमा सम्मान पत्रसहित खादा अाेढाएर सम्मान गरेका थिए । सम्मानित खतिवडा बाल कल्याण मावि कुञ्जिवारीका प्रअ हुन् ।

20180907_154328
बालकल्याण माविका प्रअ भाेला प्रसाद खतिवडा उत्कृष्ट प्रअकाे रूपमा सम्मानित

कार्यक्रममा २०७४ सालमा कार्य सम्पादन तथा मुल्यांकनमा ६४.३१ अंक प्राप्त गरी गाैरीगंज मावि उत्कृष्ट सामुदायिक विधालयमा छनाैट भएकाे छ । विधालयलाई ट्रफीसहित सम्मानपत्रले सम्मानित गरिएकाे थियाे । त्यसैगरी सामुदायिक विधालय र संस्थागत विधालयका SEE परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विधार्थीलाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएकाे छ । उनीहरूलाई नगद रू १५०० का दर सम्मान पत्रसहित सम्मान गरिएकाे थियाे । सामुदायिक विधालयतर्फ अादर्श मावि टटुवामारीकी छात्रा अार्जु भट्टराईले ३.२० अंक, छात्र तर्फ गाैरीगंज माविका विरबल प्रधानले ३.३० र नवीन कुमार गिरीले ३.३० अंक प्राप्त गरि गाउँपालिका भरी उत्कृष्ट अंक प्राप्त गरेका छन् ।
20180907_154407
कार्य सम्पादन तथा मुल्यांकनमा २०७४ सालकाे सामुदायिक विधालयतर्फ गाैरीगंज मावि सम्मानित भईसकेपछि विधालय परिवार सामुहिक तस्विर

त्यसैगरी संस्थागत विधालयतर्फ देवकोटा माविका छात्रातर्फ हिमानी रिमाल ३.८५, देवकाेटा माविका छात्रतर्फ इराेज कार्की ३.८५, र देवकोटा माविकै छात्र धिरज कुमार सिहंले ३.८५ अंक प्राप्त गरि उत्कृष्ट अंक प्राप्त गरेका छन् । उनीहरूलाई प्रशासकिय अधिकृत राजकुमार शाक्य, १ नं वडाका वडा अध्यक्ष कार्तिकलाल राजवंशी र ३ नं वडाका वडा अध्यक्ष मखना महताे र गाैरीगंज स्राेत केन्द्रका स्राेत व्यत्ति डिल्लीराम अधिकारीले संयुक्तरूपमा सम्मानपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार कमलेश्वर राजवंशी, नेपाल शिक्षक महासंघका जिल्ला सहसचिव हरि प्रसाद राजवंशी, ईलाका प्रशासन गाैरीगंजका नासु टेक बहादुर कार्कीलगायतले मन्तव्य दिएका थिए भने सम्मानितहुनेहरू मध्ये उदयलाल यादव र भाेला प्रसाद खतिवडाले बाेलेका थिए । कार्यक्रमकाे संचालन स्राेत व्यत्ति डिल्लीराम अधिकारीले गरेका थिए ।
यसैगरी कार्यक्रममा मावि स्तरिय एकल नृत्य प्रतियाेगिता सम्पन्न गरिएकाे थियाे । गाैरीगंज गाउँपालिका भरीका १० वटा माविका विधार्थीहरूले भाग लिएकाे उत्त कार्यक्रमकाे संचालन ज्ञानाेदय माविकी प्रन्सिपल कल्पना थापाले गरेकी थिइन । एकल नृत्य प्रतियोगितामा ज्ञानाेदय मावि, देवकाेटा मावि, मुनलाइट एकाडमी, न्यु युनिभर्सल एकाडमी, गाैरीगंज मावि, अादर्श मावि, खजुरगाछी मावि, ज्ञानकुञ्ज मावि, युनिभर्सल मावि,बालकल्याण माविले भाग लिएका थिए । प्रतियोगितामा मुनलाइट एकाडमीकी निरूपा राजवंशी पहिलाे, दाेस्राे ज्ञानकुञ्ज एकाडमीकी नेहा साह र तेस्रो देवकोटा माविकी निसा राजवंशी भएका थिए । उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्रले सम्मानित गरिएकाे थियाे । प्रतियोगिताकाे निर्णायक मण्डलमा रेवत मगर र शायराबानु राई थिए ।
कार्यक्रमकाे सभापतित्व गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दीपिन्द्र थापाले गरेका थिए ।
शिक्षा समिति गाैरीगंजले वाल दिवसकाे अवसरमा भाद्र २९ गते चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता अायाेजना गर्ने जनाईएकाे छ

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  १० : ४८ बजे