४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

झापाको बिर्तामोडमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु


१४ भदौ २०७५, बिहिबार  

0
Shares

snake
बिर्तामोड १४,भदौ /झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उपरीक्षक बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो।

सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जनाइएको छ। पूजा स्थानीय पथरिया मावि कक्षा ८ की छात्रा हुन्।

प्रकाशित मिति : १४ भदौ २०७५, बिहिबार  २ : २६ बजे