११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मिस एसईई प्रोविन्स वानको पहिलो अडिसनबाट १८ प्रतियोगि छनौटमा


२८ चैत्र २०७४, बुधबार  

0
Shares

oooo

बिर्तामोड २८, चैत्र / एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका छन् ।
सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भएको छ । एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते बिराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा समेत छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिनु भयो । यो पटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगिलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ । छनौट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसईई २०१७ की फ्रस्ट रनरअप रिया आचार्य र एजुकेशन एण्ड माइग्रेसन कर्नरका बिर्तामोड शाखा व्यवस्थापक अग्नी प्रसाई रहनु भएको थियो । प्रतियोगिताको बन्द शत्र आगमी बेशाख दोस्रो साताबाट शुरु हुने छ । मिस एसईई लगत्तै ड्रिम्स वल्र्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसन समेत बुधबारै गरिएको छ । जसमा ८ जना युवती छनौटमा परेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  १२ : ५६ बजे