१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वीरता जेसीजको अध्यक्षमा एकराज गिरी सर्वसम्मत


२४ माघ २०७४, बुधबार  

0
Shares

yek raj
बिर्तामोड २४, माघ /

सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् ।

वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत आज बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा वीरता जेसीजको सदस्यको रुपमा जेसीज यात्रा शुरु गरेका गिरीले यसअघि कार्यसमितिका सम्पूर्ण पदमा आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अध्यक्ष पदका उम्मेदवारहरु विशाल थापा, प्रकाश सुवेदी, दिवाकर प्रसाईं र राजीव धिमालले सहमति, सहकार्य र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।

दुईदशकदेखि पत्रकारितामा क्रियाशील वीरता जेसीजका अध्यक्षमा चयन भएका गिरी पत्रकार महासंघ झापाको उपाध्यक्ष समेत हुन् । उनी पूर्वाञ्चल दैनिकको सम्पादक र रेडियो नेपालको झापा समाचारदाताका रुपमा कार्यरत् छन् ।

जेसीजको दुई जना कार्यकारिणी उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेकाले सो पदमा समेत सर्वसम्मतको प्रयास भइरहेको निर्वाचन अधिकृत सजेश शिवाकोटीले जानकारी दिए । त्यस्तै उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी सर्वसम्मत चयन भएका छन् । संयुक्त सचिवमा प्रवेश बस्नेत, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भएका छन् ।

वीरता जेसीजको अध्यक्षमा चयन भए लगत्तै गिरीलाई वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, पूर्वअध्यक्षहरु बिनोद बस्नेत, विशाल थापा, निर्मल भट्टराई, हेम खड्का, प्रमेश राजकर्णिकार, आनन्द बस्नेत, भक्तराज भारती, राजेन्द्र चौलागाईं, निवर्तमान अध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की लगायत सदस्यहरुले अविर पहि¥याएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । अध्यक्ष गिरीले सो अवसरमा वीरता जेसीजलाई सबैको भावना समेटेर साझा र उत्कृष्ट जेसीज बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार  २ : १८ बजे