
गौरीगंज १६, माघ / झापाको गौरीगंज गाउ“पालिकामा आज बविता राजवंशीको अध्यक्षतामा १३ सदस्यीय गाउ“पालिका स्तरिय कोचिला गाभुर फ्रन्ट समिति गठन भएको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ स्थित क्रिमसन इङ्गलिस बोर्डिङ स्कुलमा आयोजित बृहत भेलाबाट उक्त समिति गठन भएको हो ।
कोचिला गाभुर फ्रन्टका केन्द्रिय सल्लाहाकार समितिका सदस्य फुलबती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवगठित समितिका उपाध्यक्षमा खेमराज ताजपुरिया, सचिवमा देव कुमार ताजपुरिया, कोषध्यक्षमा सविता ताजपुरिया, सहसचिवमा माधुरी ताजपुरिया रहेका छन् । त्यसैगरी सदस्यहरुमा रमेश ताजपुरिया, संजय राजवंशी, अमासी राजवंशी, सागवती राजवंशी, विश्वराज ताजपुरिया, सिर्जना राजवंशी, बावुराजा राजवंशी, रणबहादुर राजवंशी रहेका छन् । त्यसैगरी भेलाबाट सल्लाहाकार समितिसमेत चयन भएको छ । समितिको सदस्यहरुमा पत्रकार मदन राजवंशी, नौताली राजवंशी, सहदेव ताजपुरिया, हेमन राजवंशी र गोपाल सिंह गन्गाई रहेका छन् । कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष बरुण राजवंशीको अध्यक्षतामा भएको वृहत भेलामा प्रस्तावित कोचिला गाभुर शिक्षक फ्रन्टका अध्यक्ष कुबेर राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने केन्द्रिय अध्यक्ष बरुण राजवंशीले सहभागीबाट आएको जिज्ञसामाथि जवाफ दिएका थिए । कार्यक्रममा शिक्षक गोपाल ताजपुरिया, कोचिला न्युजडटकमका समाचार सम्पादक आत्माराम राजवंशी, शिक्षक सहदेव ताजपुरिया, महिला नेतृ नौताली राजवंशी, शिवराम राजवंशीलगायतले आफ्ना धारणा राखेका थिए । फ्रन्टले झापाको १५ वटा स्थानिय निकायमध्ये मेचीनगर, विर्तामोड, शिवसताक्षी, कन्काईलगायतमा उपसमिति गठन भईसकेको र फागुन महिनाको दोस्रो हप्तासम्म सबै स्थानिय निकायमा समिति गठन गरी सक्ने फ्रन्टका केन्द्रिय अध्यक्ष बरुण राजवंशीले बताए । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्थाको रुपमा केहि बर्ष अघि स्थापना भई कोच समुदायको आर्थिक, सामाजिक, सांंस्कृतिक परिवर्तन गर्ने उद्येश्यले कार्य गरिरहेको जनाइएको छ ।




