११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

युवा तथा बालबालिकाहरुमा मानसिक समस्या बढ्दै


२४ पुस २०७४, सोमबार  

0
Shares

image1
गौरीगंज/ वर्तमान समयमा युवा तथा बालबालिकाहरुमा बिभिन्न कारणले मानसिक समस्या बढ्दै गएको छ । युवाहरु बिभिन्न प्रबिधिको नकरात्मक असर तथा अन्य कारणले डिप्रेशन जस्ता मानसिकम रोगहरुको सिकार बन्दै गएका छन् । उदासिनता डिप्रेशन बाट सिकार भएका युवाहरुमा जनचेतना फैलाउने र आत्माहत्या न्युनिकरण गर्ने उदेश्यले झपामा मनोसामाजिक परामर्श कार्यक्रम संचालन भइरहेको छ । क्रियेटिभ नेप्लिज युथको आयोजनामा बिर्तामोड नगरपालिकाको २० भन्दा बढि कलेजहरुमा यो कार्यक्रम संचालन भइरहेको छ । नेपाल स्टिट्युट अफ हेल्थ साइन्स जोरपाटि काठमान्डौको सहजिकरणमा भइरहेको उक्त कार्यक्रममा हाल सम्म ५० भन्दा बढिले उपचार गराइरहेको नेपाल स्टिट्युट अफ हेल्थ साइन्सका अध्यक्ष टिकाराम धमलाले जानकारी दिएका छन् । पौश २३ गते देखि २५ गते सम्म चल्ने उक्त कार्यक्रममा बि एण्ड सी हस्पिटलका मनोसाईक्याट्रिक डाक्टर कन्चन दाहालले उपचार गराइरहेको र २५ गते ओ पि डि सेवा निशुल्क गरिएको क्रियेटिभ नेप्लिज युथका सदस्य कृष्ण अग्रवालले जानकारि दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार  १२ : २१ बजे