१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’


८ कार्तिक २०७४, बुधबार  

0
Shares

pic

अर्जुन राजवंशी
झापा / तिहारसंगै पूर्वी तराईका आदिवासी गाउँहरुमा हुदुरधुरा नाच सुरु भएको छ । लक्ष्मी पूजा गरेपछि सुरु हुने नाच हरिबोधनी एकादशीसम्म चल्ने गर्दकछ ।
यो नाच झापा र मोरङ्गका आदिवासी बाहुल्य गाउँहरुमा देखाउने गरिन्छ । राजवंशी र ताजपुरिया जतिको सँंस्कृतिक नाचलाई करिब दुई सातासम्म विशेष रुपमा मनाइने गरिन्छ । पहिलापहिला टोलै पिच्छे देखाइने यो नाच पछिल्ला वर्षहरुमा भने संस्कृति संरक्षणका हिसाबले देखाउन थालिएको छ । ‘आदिवासी समुदायमा तिहारको रौनक भर्ने भनेकै हुदुरधुरा नाचले हो’, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले भने, ‘लक्ष्मी पूजा गरिसकेपछि गाउँगाउँ घुम्दै यो नाच देखाउने गरिन्छ ।’
यो नाच समूहमा देखाइन्छ । बाजागाजासहित कम्तीमा ८ –१० जनाको समूहमा यो नाच देखाइने गरिन्छ । नाचको विशेष आकर्षक ‘बतियाँ’ र ‘छक्री’ हुने गर्दछ । अन्यले बाजा बजाउदै गीत गाउने गछर्न भने बतिया“ र छक्रीले आफ्नै नाटकीय शैलीमा ‘स्लोक’ंहरु भन्ने गर्दछन् । नाचमा उठाइएका सामाजिक विषयवस्तुलाई बातियाँ र छक्रीले आफ्नै जीवनकालको घटनाझै प्रस्तुत गछनर्् । नाचको माध्यमबाट समाजको विकृति विसंगतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिने भएकाले यो नाच आदिवासी समुदायमा विशेष मानिन्छ । यो नाचलाई राजधानीमा मनाइने गाईजात्रा पूर्वकै अर्को रुप बताउ“छन् ।
‘जेठाजु–बुहारी, देवर–भाउजू, परपुरुषसँग सम्बन्धसहित समाजमा देखिने अन्य विभिन्न विकृतिजन्य घटनालाई यस नाचबाट व्यंग्य गर्ने गरिन्छ,’ पूर्वगृहराज्य मन्त्रीसमेत रहेका राजवंशीले भने । उनले समाजलाई विकृतिमुक्त गर्न यस नाचको महत्व विशेष रहेको बताए । हुदुरधुरा नाचको महत्व विशेष रहेको बताए । हुदुरधुरा नाच राजवंशी, ताजपुरिया, गन्गाई र थारु समुदायले देखाउने गछर्न । झापाको जुरोपानी, गौरीगंज, खजुरगाछी, कोरोबारी, कुञ्जिबारी, रंगियाथान, शिवगंज, चकचकी,, घैलाडुब्बा, डाँगीबारी, राजगढ, घेराबारी, पथरिया, बनियानी, महेशपुर, ज्यामिरगढी, बिर्ताबजार, तथा मोरङको कटहरी, दादरबैरिया, अमरदहलगायतका स्थानहरुमा हुदुरधुरा नाच देखाउने गरिन्छ । यसपालि भने हुदुरधुरा नाच तिहार अघिदेखिनै सुरु भएको छ । आश्विन २८ गतेदेखि मोरङ अमरदहका युवाहरुले नाच सुरु गरेका हुन् । झापामा कोचिला गाभुर फ्रन्टले सांस्कृतिक समूहले नाच देखाए । घैलाडुब्बा, चारपाने, चैतुबारी, बिर्ताबजारलगायतका स्थानमा नाच देखाउने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । आदिवासी बाहुल्य पथरिया, घेराबारी, पाठामारी, हल्दिबारीलगायतका स्थानमा पनि नाचको तयारी गरिएको छ । पथरीयामा ४ गते एक दिने कार्यक्रम राखिएको छ ।
‘नयाँ पुस्ताको ध्यानाकर्षण गराउनका लागि हामी पनि युवाहरुले नै यसपालि यो नाच देखाउने तयारी गरेका छौं,’ राजवंशी समुदायका कलाकार मनोरथ राजवंशीले भने, ‘संस्कृति बचाउनका लागि यति हिम्मत त, गर्नै परेको छ ।’ उनले आदिवासी समुदायको आर्थिक अवस्था खस्किएसंगै संस्कृति पनि लोप हुदै गएको टिप्पणी गरे । नाच संरक्षणका लागि मोरङ्गको कटहरीमा बर्सेनि हुदुरधुरा जात्रा आयोजना गरिन्छ । जात्राका क्रममा मंसिर १५ गते हुदुरधुरा नाचसहितको र्याली विराटनगर परिक्रममा गर्ने गरिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार  ४ : ५३ बजे